खेलकुद विकासका लागि लगानी बढाउनु पर्ने जरूरी छ: नेता बस्नेत
भक्तपुर| नेपाली काँग्रेस निक नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशको आइतबार भक्तपुरमा भएको अधिवेशनबाट अष्ट कुमार कवे अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख अतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो |
आइतबार मध्यपुरथिमिमा आयोजित नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, बाग्मती प्रदेशको प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा उनले खेलकुदको विकासले राज्यको नाम उच्च राख्न सघाउ पुग्ने बताए ।खेलकुदको विकासमा लगानी बढाउनु पर्ने बताए ।नेता बस्नेतले खेलकुदको विकासले राज्यको समग्र विकासमा टेवा पुग्ने भन्दै खेलकुदको विकासका लागि तीन तहकै सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने आवश्यकता औँल्याए । लोकतान्त्रिक खेलकुद संघलाई जिल्ला, प्रदेश तहस्म्म बिस्तार गर्दै ७७ वटै जिल्लामा पुर्याउनु पर्ने औल्याउँदै उहाँले देश विदेशमा प्रतिस्पर्धा गरेर देशका लागि पदक जित्न सक्ने खेलाडी उत्पादनमा संघ लाग्नु पर्ने बताएका छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश प्रथम अधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्ष पदमा अष्ट कवेँलाई पुन निर्वाचित गरेको गरेको छ ।कार्यक्रमका सभापति एवं सङ्घका अध्यक्ष अष्ट कवेँले खेलकुद क्षेत्रमा मात्रै धनी, गरिब र बिनाभेदभाव सबै अट्ने भएकाले यसको विकासमार्फत सबैको समान सहभागिता सुनिश्चित गर्न सकिने बताए ।
यस्तै, उपाध्यक्षद्वयमा तेजकुमार डंगोल र सुनिता मैनाली, सचिवमा उज्ज्वल श्रेष्ठ त सहसचिवहरूमा अमृत लुङ्घवा, गौरब बस्नेत, पूर्णबहादुर गुरुङ र निरज खड्का निर्विरोध निर्वाचित हुनु भएको छ । कोषाध्यक्षमा भने रविन्द्रमान महर्जन निर्वाचित हुनु भएको छ । यसैगरी, कार्यसमिति सदस्यमा सुमित्रा श्रेष्ठ, कविन ब्यन्जन्कार, भागवत खड्का, नवराज पाख्रिन, जनार्दन बस्नेत. केदार माझी, प्रकाश पाण्डे, राजेन्द्र घले, गोपालबहादुर तामाङ सुक्रबहादुर माझी, तेजनारायण पसछे, बुद्धिमान स्यान्ताङ्ग गरिना आचार्य, राजेश राउत, विक्रान्त विस्ट, मिना पौडेल, विष्णुकुमारी बस्त्रेत, सरिता खड्की र सुनकुमारी लामा कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ |

कार्यक्रममा हालै अजरबैजानको बाकु सहरमा सम्पन्न अन्तरराष्ट्रिय बुदो मार्सल आट्र्स प्रतियोगितामा ‘गोल्ड मेडल’ प्राप्त गर्ने खेलाडी तथा ‘रेफ्री’लाई नगदसहित सम्मान गरिएको थियो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- २ देशभर मनसुन सक्रिय : आज पनि धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
- ३ सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन
- ४ मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
- ५ दैनिक इन्धन मूल्य प्रणालीको विरोधमा पाकिस्तानभर पेट्रोल पम्प बन्द गर्ने घोषणा
- ६ नेदरल्याण्डसलाई नेपालको १५८ रनको लक्ष्य, आरिफ शेखको सर्वाधिक ४१ रन
- ७ बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

तपाईको प्रतिक्रिया दिनुहोस