Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १२ मंगलवार

    अपडेट
    गृहपृष्ठराजनीतिकांग्रेस इतर समूहको राष्ट्रिय भेलाका लागि १० नेतालाई तोकियो जिम्मेवारी

    कांग्रेस इतर समूहको राष्ट्रिय भेलाका लागि १० नेतालाई तोकियो जिम्मेवारी


    काठमाडौं, १२ साउन, नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ मा निर्धारित राष्ट्रिय भेलाका लागि भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको समन्वयका लागि नेताहरूलाई जिम्मेवारी बाँडफाँट गरेको छ।

    सोमबार दिँउसो चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको इतर पक्षका शीर्ष नेताहरूको बैठकले राष्ट्रिय भेलाका लागि १० जना नेतालाई विभिन्न क्षेत्र परिचालनको जिम्मेवारी दिइएको हो।

    बैठकले राष्ट्रिय भेलाको प्रचारप्रसार समिति संयोजकको जिम्मेवारी मीन विश्वकर्मालाई दिएको छ। साथै विश्वकर्माले बुद्धिजीवी परिचालनको जिम्मा पनि लिनुभएको छ।

    नेपाल विद्यार्थी संघ ९नेविसंघ० परिचालनका लागि कुन्दनराज काफ्ले, नेपाल तरुण दल परिचालनका लागि जीतजंग बस्नेत र नेपाल महिला संघ परिचालनका लागि उषा राउत मिश्रलाई जिम्मेवारी दिइएको विश्वकर्माले बताउनुभयो।

    उहाँका अनुसार नेपाल दलित संघ परिचालनको जिम्मा यमुना विश्वकर्माले, नेपाल किसान संघ परिचालनको जिम्मा अध्यक्ष गणेश तिमिल्सिनाले र लोकतान्त्रिक आदिवासी जनजाति परिचालनको जिम्मा जगत बरामले पाउनुभएको छ।

    नेता मोहनबहादुर बस्नेतलाई काठमाडौँ जिल्ला सम्पर्क समिति तथा खेलकुद समन्वयन, किरण पौडेललाई विदेश जनसम्पर्क समिति र हरिशरण नेपालीलाई ट्रेड युनियन परिचालनका लागि जिम्मेवारी दिइएको मीन विश्वकर्माको भनाइ छ।

    आवश्यकताअनुसार समिति बनाएर अन्य भ्रातृ र शुभेच्छुक संस्थाहरूलाई पनि परिचालन गरिने उहाँको भनाइ छ। इतर समूहले राष्ट्रिय भेलाको तयारीका लागि १६५ वटै निर्वाचन क्षेत्रहरूमा केन्द्रीय प्रतिनिधिहरू खटाउने भएको छ।

    १६५ निर्वाचन क्षेत्रमै १६ साउनसम्म केन्द्रीय प्रतिनिधिहरू खटाइसक्ने विश्वकर्माले बताउनुभयो। संस्थापन पक्षसँग सहमतिका लागि संवाद हुँदा पनि अब राष्ट्रिय भेला नरोकिने उहाँको भनाइ छ।

    ‘सहमति भए राष्ट्रिय भेला एकता भेलामा रूपान्तरण हुन्छ। भएन भने नयाँ दिशा तय गर्छ,’ उहाँले भन्नुभयो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    मेनपावर कम्पनीबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति

    काठमाडौं/ १२ साउन, वैदेशिक रोजगार विभागले दित्य ओभरसिज प्रालिबाट ठगिएका ४८ जनालाई क्षतिपूर्ति दिलाउँदै प्रालिलाई ५० हजार रुपैयाँ जरिबाना समेत

    नेपाल प्रेस युनियनको १०औँ संघीय महाधिवेशन असोज १७–१८ मा

    काठमाडौं, १२ साउन, नेपाल प्रेस युनियनले आफ्नो १०औँ संघीय महाधिवेशन २०८३ असोज १७ र १८ गते आयोजना गर्ने निर्णय गरेको

    मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध

    काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध

    नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन, बुधबार पार्टी कार्यालयमा…

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। पेटसम्बन्धी रोगबाट पीडित रहेका श्रेष्ठको उपचारका क्रममा ललितपुरको जावलाखेलस्थित

    उज्यालो नेपाल पार्टीको निष्कर्ष: सुशासन, हरित विकास र आर्थिक रूपान्तरणमार्फत…

    काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र

    मानव बेचबिखन नयाँ स्वरूपमा फैलँदै, सामूहिक प्रयास अपरिहार्य : हरिवंश…

    काठमाडौं । मानव बेचबिखन परम्परागत चेलीबेटी बेचबिखनको सीमित दायराभन्दा बाहिर निस्केर नयाँ–नयाँ स्वरूपमा विस्तार भइरहेको भन्दै हास्य कलाकार हरिवंश आचार्यले

    Techie IT