Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १३ बुधबार

    अपडेट
    गृहपृष्ठराजनीतिप्रधानमन्त्री शाहको दाबी : भारतले मात्र होइन, नेपालले पनि केही स्थानमा भारतीय भूमि अतिक्रमण गरेको तथ्य भेटियो

    प्रधानमन्त्री शाहको दाबी : भारतले मात्र होइन, नेपालले पनि केही स्थानमा भारतीय भूमि अतिक्रमण गरेको तथ्य भेटियो


    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले नेपाल–भारत सीमा विवाद एकतर्फी नभई दुवै देशसँग सम्बन्धित विषय भएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा सांसद आर्यन राईको प्रश्नको जवाफ दिँदै उनले भारतले नेपालको भूमि अतिक्रमण गरेको मात्र नभई नेपालले पनि केही स्थानमा भारतीय भूमि प्रयोग गरेको तथ्य फेला परेको बताएका हुन्।

    प्रधानमन्त्री शाहले सीमा सम्बन्धी विषयलाई आपसी संवाद र सहमतिका माध्यमबाट समाधान गरिने स्पष्ट पारे। उनले दुई देशबीच छलफल गरी यथार्थ अवस्थाको अध्ययन र समाधान खोजिने बताए।

    त्यसैगरी, काठमाडौं उपत्यकाका नदी तथा खोला किनारमा जोखिमपूर्ण अवस्थामा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उल्लेख गर्दै उनले सरकारले कसैलाई विस्थापित गर्ने नभई नागरिकको जीवन रक्षा गर्ने उद्देश्यले काम गरेको बताए।

    उनले वास्तविक सुकुम्बासीको व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको भन्दै जग्गा व्यवस्थापन प्रक्रिया अगाडि बढाउन भूमि सम्बन्धी समिति गठन भइसकेको जानकारी दिए। यस विषयमा तीन मन्त्रालयले संयुक्त रूपमा काम गरिरहेको र दीर्घकालीन समाधानका लागि केही समय लाग्ने उनको भनाइ थियो।

    प्रधानमन्त्री शाहले सहकारी बचतकर्ताको रकम फिर्ता प्रक्रियाबारे पनि धारणा राख्दै सरकारको मात्र स्रोत प्रयोग नभई सहकारी संस्थाहरूबाट समेत रकम असुली भइरहेको बताए। उनका अनुसार सहकारीहरूको सम्पत्ति व्यवस्थापन, कर्जा असुली तथा अन्य प्रक्रियामार्फत रकम संकलन गरी पीडित बचतकर्तालाई फिर्ता गर्ने काम भइरहेको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    मेनपावर कम्पनीबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति

    काठमाडौं/ १२ साउन, वैदेशिक रोजगार विभागले दित्य ओभरसिज प्रालिबाट ठगिएका ४८ जनालाई क्षतिपूर्ति दिलाउँदै प्रालिलाई ५० हजार रुपैयाँ जरिबाना समेत

    कांग्रेस इतर समूहको राष्ट्रिय भेलाका लागि १० नेतालाई तोकियो जिम्मेवारी

    काठमाडौं, १२ साउन, नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ मा निर्धारित राष्ट्रिय भेलाका लागि भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको समन्वयका

    नेपाल प्रेस युनियनको १०औँ संघीय महाधिवेशन असोज १७–१८ मा

    काठमाडौं, १२ साउन, नेपाल प्रेस युनियनले आफ्नो १०औँ संघीय महाधिवेशन २०८३ असोज १७ र १८ गते आयोजना गर्ने निर्णय गरेको

    मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध

    काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध

    नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन, बुधबार पार्टी कार्यालयमा…

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। पेटसम्बन्धी रोगबाट पीडित रहेका श्रेष्ठको उपचारका क्रममा ललितपुरको जावलाखेलस्थित

    उज्यालो नेपाल पार्टीको निष्कर्ष: सुशासन, हरित विकास र आर्थिक रूपान्तरणमार्फत…

    काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र

    Techie IT