Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १२ मंगलवार

    अपडेट
    गृहपृष्ठअन्तराष्ट्रियअमेरिकाद्वारा इरानमा पुनः हवाई आक्रमण, बन्दर अब्बास क्षेत्रमा विस्फोट

    अमेरिकाद्वारा इरानमा पुनः हवाई आक्रमण, बन्दर अब्बास क्षेत्रमा विस्फोट


    काठमाडौँ । अमेरिकाले इरानमाथि फेरि हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । दक्षिणी इरानस्थित बन्दर अब्बास आसपासका क्षेत्रमा गएराति हमला गरिएको बताइएको छ ।

    अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाले हर्मुज जलडमरूमध्य नजिक आफ्नो सैन्य फौज तथा व्यावसायिक जल यातायातका लागि खतरा ठानिएका इरानी सैन्य संरचनालाई लक्षित गर्दै आक्रमण गरेको हो ।

    एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले अमेरिकी सेनाले इरानबाट उडाइएका केही ड्रोनसमेत खसालेको जनाएको छ । ती ड्रोनले अमेरिकी सैन्य फौज र हर्मुज जलमार्ग हुँदै सञ्चालन हुने सीमित व्यावसायिक जहाज आवागमनमा खतरा उत्पन्न गरेको दाबी गरिएको छ ।

    अमेरिकी अधिकारीका अनुसार चारवटा ‘वन–वे अट्याक ड्रोन’ अर्थात् एकतर्फी आक्रमण ड्रोन खसालिएपछि पाँचौँ ड्रोन उडाउनुअघि दक्षिणी इरानको बन्दर अब्बासस्थित ड्रोन नियन्त्रण केन्द्रमा हवाई आक्रमण गरिएको थियो । उक्त क्षेत्र इरानको प्रमुख बन्दरगाहमध्ये एक मानिन्छ ।

    अमेरिकी अखबार द न्युयोर्क टाइम्सका अनुसार बिहीबार बिहान बन्दर अब्बास आसपास विस्फोटको आवाज सुनिएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पनि पुष्टि गरेका छन् । इरानी पक्षले शहरको पूर्वी क्षेत्रमा तीनवटा विस्फोट भएको र वायु प्रतिरक्षा प्रणाली सक्रिय पारिएको जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

    यो तीन दिनभित्र अमेरिकी सेनाले गरेको दोस्रो आक्रमण हो । यसअघि सोमबार पनि अमेरिकाले आफूले रक्षात्मक कारबाही गरेको भन्दै बारुदी सुरुङ बिछ्याउन खोजिएका डुंगा र मिसाइल प्रक्षेपणस्थललाई निशाना बनाएको दाबी गरेको थियो ।

    तर इरानले अमेरिकी कारबाहीलाई दुई देशबीचको कमजोर युद्धविराम उल्लंघन भएको भन्दै विरोध जनाएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    ट्रम्पको घोषणा: इरानसँगको युद्धविराम अब समाप्त, नयाँ सम्झौता नहुने

    काठमाडौँ| अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविरामसम्बन्धी समझदारी अब प्रभावहीन भइसकेको दाबी गर्दै तेहरानसँग कुनै नयाँ सम्झौता नगर्ने बताएका

    विश्वकपको सबैभन्दा सुन्दर कथा : केप भर्डे

    काठमाडौं । शनिबार बिहान केप भर्डेले डेब्यू विश्वकपमा पहिलो हार ब्यहोर्दा स्टेडियममा धेरैका आँशु थामिएनन् । हो फुटबल निर्मम छ ।

    विश्वकप अन्तिम १६: फ्रान्सलाई चुनाैती दिदै

    असार २० गते शनिवार,विश्वकप फुटबलको अन्तिम १६ चरण सुरु हुँदै गर्दा शनिबार फिलाडेल्फियामा हुने खेलमा फ्रान्सले पाराग्वेविरुद्ध खेल्दा अत्यधिक गर्मीको

    भेनेजुएला भूकम्प : मृत्यु संख्या १ हजार ७ सय नाघ्यो,…

    काठमाडौँ । गत साता भेनेजुएलामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या १ हजार ७१९ पुगेको छ। राष्ट्रिय सभाका अध्यक्ष

    होर्मुज विवाद समाधानतर्फ अमेरिका–इरान वार्ता, दोहामा मंगलबार निर्णायक छलफल

    काठमाडौँ । अमेरिका र इरान पछिल्लो तनाव समाधान गर्ने दिशामा अघि बढ्न सहमत भएका छन्। दुवै देशका प्रतिनिधिमण्डलबीच मंगलबार कतारको

    भेनेजुएलामा शक्तिशाली भूकम्प : १८८ जनाको मृत्यु, १३८ परकम्प पुष्टि

    काठमाडौं । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा परकम्प गएको पुष्टि भएको छ। घटनामा मृत्यु हुनेको संख्या

    Techie IT