Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्र३१ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

    ३१ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट


    काठमाडौँ । आज नेप्सेमा गिरावट आएको छ । आइतबार नेप्से ३१.१७ अंकले घटेर २७४९.८३ विन्दुमा पुगेर रोकिएको छ ।कारोबार रकम पनि दुई अर्ब रुपैयाँले घटेको छ । आज ६ अर्ब ६ करोड १८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । गएको बिहीबार आठ अर्ब नौ करोड ५६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

    यस दिन सेयर कित्ता कारोबार पनि घटेको छ । एक करोड ४८ लाख पाँच हजार ५६९ कित्ता सेयर खरिदबिक्री भएको छ । विहीबार कुल ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४४५ रुपैयाँ बराबरको १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर कारोबार भएको बजारमा आज भने ३२१ स्टकको ६ अर्ब ६ करोड १८ लाख २२ हजार ३७९ रुपैयाँ बराबरको १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता बराबर शेयर कारोबार भएको छ ।

    आजको कारोबारमा बजारमा ठुलो दबाब देखिएको थियो । जहाँ कुल २२८ कम्पनीको मूल्यमा गिरावट आउँदा, केवल २१ कम्पनीको मूल्यमा सामान्य वृद्धि भएको छ। एक कम्पनीको मूल्य भने स्थिर रहन पुग्यो । आशा लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य ४२.३९ रुपैयाँले बढेर प्रतिकित्ता १०६१.५६ रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी, यसदिन ग्लोबल आईएमइ समुन्नत योजनको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य आज सर्वाधिक १० प्रतिशतले घट्दै प्रतिकित्ता १० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

    नेपाल रिपब्लीक मिडियाको शेयर मूल्य प्रतिकित्ता ७.४५ प्रतिशतले घटेर ४९५.८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, छ्याङ्दी हाइड्रोपावरको शेयर मूल्य ७.०७ प्रतिशतले घट्दै २६५.१८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन नेपाल रिइन्स्यारेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरि कम्पनी कारोबार भएको छ ।कारोबारमा आएका १३ वटै समूहगत परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा विकास बैंक समूह छ । यस समूहको परिसूचक १.५९ प्रतिशतले घटेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नेप्सेमा ७.९० अंकको सुधार, कारोबार ६ अर्ब २६ करोडमाथि

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज शुक्रबार ७.९० अंकले बढेर २,७३४.६३ विन्दुमा पुगेको छ। आज ३५३ वटा कम्पनीका

    सुन तोलामा ५ हजार ८ सय र चाँदी १५५ रुपैयाँले…

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल

    उद्योग वाणिज्य महासंघमा वस्तुगत परिषद् गठन, निजी क्षेत्रको आवाज सशक्त…

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गत विभिन्न वस्तुगत संघ–संस्थाको प्रतिनिधित्व रहने वस्तुगत परिषद् गठन गरिएको छ। परिषद् गठनसँगै

    कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल आइपुग्यो, नेपालतर्फ…

    काठमाडौं । नेपालका कृषकलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यले भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल बोकेको

    नेप्सेमा ४१.७० अंकको उत्साहजनक उछाल, कारोबार ५ अर्ब ५१ करोड…

    काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उल्लेख्य वृद्धि भएको छ। आज नेप्से ४१.७० अंकले

    सुन तोलामा रु १,९०० र चाँदी रु ४० ले महँगियो

    काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। गत शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला रु १,९००

    Techie IT