होम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७ ओैं बार्षिक साधारणसभा सम्पन्न
ललितपुर/ १ माघ: ललितपुरको छायबहालमा सञ्चालित होम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७ ओैं बार्षिक साधारणसभा सम्पन्न गरेको छ। सहकारीले संस्थाका जेष्ठ सदस्य सानुबाबु महर्जनको प्रमुख आतिथ्यतामा आफ्नै कार्यालय परिसरमा पुस ३० गते बुधबार १७ओैं साधारणसभा सम्पन्न गरेको हो।
“समुन्नत भविष्यको लागि बचत गर्ने बानी बसालौं” भन्ने नाराका साथ सदस्य केन्द्रीकृत भएर कारोबार गर्दै आएको यस सहकारीले आर्थिक वर्ष २०८१/०८२ मा ५ सय ९४ जना शेयर सदस्यहरुमध्येबाट ४१ लाख ४९ हजार ७ सय रुपैया शेयर रकम संकलन गरेको छ । संस्थाले यस आर्थिक बर्षमा ६ करोड२९ लाख ९४ हजार १ सय ९७ रुपैयाँको कारोबार गर्न सफल भएको संस्थाका अध्यक्ष मुकुन्द महर्जनले जानकारी दिनुभयो। संस्थाले गत आर्थिक वर्षमा विभिन्न शीर्षकमा ५ करोड ४४ लाख ८५ हजार ६ सय ६६ रुपैयाँ बचत संकलन गरेको संस्थाका व्यवस्थापक करुणा राजभण्डारीले जानकारी दिनुभयो।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस