Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठराजनीतिसुधन गुरुङ प्रकरण : छानबिन समितिको म्याद पाँच दिन थप, अनुसन्धान अन्तिम चरणमा

    सुधन गुरुङ प्रकरण : छानबिन समितिको म्याद पाँच दिन थप, अनुसन्धान अन्तिम चरणमा


    काठमाडौं । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङविरुद्ध भइरहेको छानबिनका लागि गठन गरिएको समितिको कार्यावधि पाँच दिन थप गरिएको छ। मंगलबारदेखि लागू हुने गरी समयावधि थप गरिएकाले समितिले अनुसन्धान कार्यलाई निरन्तरता दिने भएको हो।

    यसअघि समितिलाई दिइएको १५ दिने समयसीमा सोमबार सकिएको थियो। समितिका अनुसार हालसम्म सम्बन्धित व्यक्तिहरूको बयान लिने कार्य सम्पन्न भइसकेको छ। बयानअघि आरोपसँग सम्बन्धित विभिन्न पक्षबाट आवश्यक जानकारी संकलन गर्नुका साथै सम्पत्ति विवरणलगायतका कागजातहरूको अध्ययनसमेत गरिएको छ।

    सरकारले गत वैशाख २८ गते मन्त्रिपरिषद्को निर्णयबाट उक्त छानबिन समिति गठन गरेको थियो। समितिको संयोजकमा उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी रहेका छन्। सदस्यहरूमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने छन्।

    समितिले थपिएको समयभित्र अनुसन्धानलाई निष्कर्षमा पुर्‍याई प्रतिवेदन तयार गर्ने लक्ष्य राखेको जनाएको छ। छानबिनको निष्कर्षपछि प्रकरणबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    Techie IT