Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १२ मंगलवार

    अपडेट
    गृहपृष्ठराष्ट्रियसंविधान संशोधन गर्नका लागि कांग्रेस र एमालेले मात्रै सम्भव छैन:मन्त्री पाण्डे

    संविधान संशोधन गर्नका लागि कांग्रेस र एमालेले मात्रै सम्भव छैन:मन्त्री पाण्डे


    काठमाडौं/असाेज २ गते, संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संविधान संशाेधन गर्नका लागि कांग्रेस र एमाले मात्रै भएर सम्भव नहुने बताउनु भएकाे छ।बुधबार नेपाल नाट्य प्रज्ञाप्रतिष्ठानद्वारा आयाेजित संविधान दिवस एवम् राष्ट्रिय दिवस २०८१काे पूर्वसन्ध्यामा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएकाे हाे। मन्त्री पाण्डेले एमाले र कांग्रेस एक ठाउँमा आउनुकाे पछाडि केवल सत्ता मात्रै नभएकाे प्रस्ट पार्नु भयाे। उहाँले भन्नू भयाे,दुईवटा ठूला दल एक ठाउँमा आउनु भनेकाे सत्ताका लागि हाेईन। देशकाे दूरगामी परिवर्तन र संकटबाट जाेगाउन गर्नका लागि एक ठाउँमा आएका हाैं। हामी ०४८ सालदेखि प्रतिस्पर्धी दल हाैं।०८४ मा एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुन्छ उहाँले भन्नु भयाे,संविधान संशाेधन गर्नु पर्ने छ। कांग्रेस र एमाले मात्रै भएर संविधान संशाेधन गर्न सम्भव छैन। राष्ट्रकाे हितका पक्षमा नेकपा माओवादी,राप्रपा,रासपा लगायतका दलहरूसमेत एक ठाउँमा आउन जरूरी छ। उहाँले १० वर्षमा संविधानलाई पूनरावलाेकन गर्नु पर्ने बेला आईसकेकाले संविधान संशोधन गर्नु पर्नेमा जाेड दिनुभयाे।
    मन्त्री पाण्डेले लाेकतान्त्रिक गणतन्त्रात्मक संविधानमा समानुपातिक,समावेशीता जस्ता कुराले संविधानलाई जीवन्त राख्ने काम भएकाे बताउनु भयाे। मन्त्री पाण्डेले संविधानलाई जीवन्त बनाउन कामकाजी हुनु पर्ने,संविधानसँग जाेडिएका ऐन कानुन निर्माण गर्न जरूरी रहेकाे ओैल्याउनु भयाे। त्यसै गरि उहाँले संस्कृति समाजकाे प्राण भएकाले समाजका विविध संस्कार संस्कृतिको जगर्ना गर्नु पर्नेमा जाेड दिनु भयाे।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

    काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    Techie IT