Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १२ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचारविदेशीको इशारामा चल्ने भूमिहीन सुकुम्बासी विरोधी सरकार आफूहरुलाई स्वीकार्य छैन : कालबहादुर विक

    विदेशीको इशारामा चल्ने भूमिहीन सुकुम्बासी विरोधी सरकार आफूहरुलाई स्वीकार्य छैन : कालबहादुर विक


    काठमाडौं,  आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी संघ नेपालले शुसिला कार्की नेतृत्वको सरकारले भूमी आयोग खारेज गर्ने निर्णयको विरोध गरेको छ । भूमिहीन सुकुम्बासी, दलित एवं अव्यवस्थित बसोबासीलाई भूमि उपलब्ध गराउनुको साटो भूमि आयोग नै खारेज गर्नु दुखद भएको संघले जनाएको छ ।

    संघका अध्यक्ष कालबहादुर विकले आज विज्ञप्ती जारी गर्दै सरकारको यस्तो निर्णयको बिरुद्धमा भूमिहिन सुकुम्बासीहरुले सडक आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।

    कार्की नेतृत्वको सरकार र बालेन शाहहरुले भूमिहीन सुकुम्बासी दलित र अव्यवस्थित बासोबासीलाई न्याय नदिने जस्तो क्रियाकलाप देखाइरहदा संघले त्यसको भत्र्सना गर्दै अब कडा आन्दोलनमा जाने चेतावनी संघका अध्यक्ष विकले दिएका छन् ।

    वर्तमान सरकार विदेशीको इशारामा चलेको आरोप लगाउँदै उनले भूमिहीन सुकुम्बासीहरुको समस्या समाधान गर्न नचाहेको र जनता विरोधी सरकार आफूहरुलाई स्वीकार्य नभएको समेत उनले जनाएका छन् ।

    कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, राप्रपा सहितका दलहरुले आफ्ना आसेपासेलाई पुर्जा वितरण गर्दै आएको तर वर्तमान सरकारले वास्तविक गरिब, सुकुम्बासीलाई पुर्जा वितरण गर्नुको साटो गरिब, सुकुम्बासीकै विरोधमा लाग्नु दुखद भएको उनले जनाएका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

    काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    Techie IT