Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठस्वास्थ्यराज्यका स्वास्थ्य उपचारमा छरिएको श्रोत एकीकृत गर्ने हो भने स्वास्थ्य बीमा प्रभावकारी बनाउन सकिन्छः मन्त्री पौडेल

    राज्यका स्वास्थ्य उपचारमा छरिएको श्रोत एकीकृत गर्ने हो भने स्वास्थ्य बीमा प्रभावकारी बनाउन सकिन्छः मन्त्री पौडेल


    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सेवालाई प्रभावकारी बनाउन राज्यले स्वास्थ्यका लागि व्यवस्था गरेका सबै सेवा र सहयोग एकीकृत प्रणालीमा ल्याउनुपर्ने बताउनु भयो ।
    व्यवस्थापिका संसदको शिक्षा,स्वास्थ्य तथा सुचना प्रविधि समिति बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै मन्त्री पौडेलले छरिएका सुविधा प्रभावकारी नहुने बताउनुभयो ।
    अहिले सामाजिक सुरक्षा कोष, सुरक्षा निकाय तथा कर्मचारीका बेग्ला बेग्लै बीमा कार्यक्रम छन्, उनले भने, राज्यले उपचारका लागि पनि विभिन्न शीर्षकमा खर्च गरिरहेको छ । हाम्रो उद्देश्य यी सबैलाई एकीकृत प्रणालीमा राखेर थप श्रोतको खोजी गर्ने हो ।
    हाल राज्यको मातहत रहेका सबै बीमा तथा खर्च रकम एउटै प्रणालीमा राख्न सकिए अहिले भन्दा श्रोत बढ्नेछ, उनले भने, सबै कर्मचारीले तलबको केही प्रतिशत स्वास्थ्य बीमामा आबद्ध भएर योगदान गर्न सके श्रोत पनि बढ्ने अवस्था आउँछ ।
    मन्त्री पौडेलले राज्यको योगदान रकम समेत थप गर्न र करमार्फत श्रोत थपेमा स्वास्थ्य बीमा प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो। उनले श्रोत सुनिश्चिततासँगै बीमाको प्रणालीमा देखिएको गलत दाबीजस्ता समस्या समेत सुधार गर्ने काममा लागिरहेको भन्दै त्यसो भएमा स्वास्थ्य बीमा प्रभावकारी बन्ने बताउनुभयो।
    हालको १ लाख बीमा रकमले मात्र सेवा प्रभावकारी नहुने भन्दै सेवामा सुधार अनि श्रोतसमेत थप गर्न सके ५ लाखको बीमा बनाउन सकिने भन्दै त्यसै विश्वासका आधारमा आफू लागि परेको बताउनु भयो ।
    मन्त्री पौडेलले यस कार्यमा सहयोगका लागि संसदीय समितिसँगसमेत आग्रह गर्नु भयो।
    अस्पताल थप्नुभन्दा भएकालाई सुविधा थप्ने प्रयास
    अस्पतालहरुमा जनशक्ति अभावको समस्या रहेको भन्दै नयाँ खोल्नुभन्दा सातवटै प्रदेशका अस्पतालमा विशिष्टिकृत सेवा थप गरेर भएकै जनशक्तिबाट विशिष्ट उपचार दिन प्रयास थालिएको बताउनु भयो । क्यान्सरको उपचार सेवा विस्तार भएको छ, उनले भने, मृगौला तथा मुटुको उपचारसमेत कम्तिमा एक प्रादेशिक अस्पतालमा विस्तार गर्ने उद्देश्यका साथ काम भैरहेको छ ।

    स्वास्थ्य जनशक्ति अभावको समस्या समाधान गर्नका लागि दरबन्दी थप गर्न प्रस्ताव लगिए पनि अर्थ मन्त्रालयबाट स्वीकृति नआउने गरेको गुनासो गर्दै मन्त्री पौडेलले दरबन्दी थप गर्न नसक्दासम्म भएकैलाई बढी सुविधा दिएर नागरिकलाई सेवा दिने प्रयासमा सरकार लागेको बताउनुभयो ।
    जनशक्ति नथपिंदासम्म भएकालाई अल्लि बढी खटिदिन हामीले आग्रह गरेका छौं, उनले भने, त्यसका लागि अतिरिक्त भएको आम्दानीबाट सुविधा थप गर्ने नीति लिएका छौं ।

    मन्त्री पौडेलले हाल देशमा देखिएको हैजा, झाडापखाला तथा इन्सेफ्लाइटिसजस्ता संक्रमण नियन्त्रणका लागि तीनै तहसँग मिलेर काम गरिरहेको बताउनुभयो । हालसम्म तीनवटै तह बेग्ला बेग्लै सरकारका रुपमा काम गरिरहेको अवस्था थियो, उनले भने, तर हामीले पहिलो पटक संक्रमण नियन्त्रणका लागि तीनवटै तहबीच समन्वय गरेर नियन्त्रणका उपाय अपनाएका छौं ।

    संघ मातहतका अस्पतालमा अनलाइन प्रणाली शुरु
    मन्त्री पौडेलले संघ मातहतका अस्पतालको सेवा प्रभावकारी गराउन प्रयासले काम थालेको भन्दै लाइन घटाउनका लागि अनलाइन प्रणाली शुरु भएको जानकारी दिए । संघीय अस्पतालमा अनलाइनबाट टिकट र टोकन दिन थालिएको छ, उनले भने, अब रिपोर्ट पनि अनलाइन प्रणालीमा लाने प्रयास हुँदैछ ।
    उनले अपरेशनको कुर्ने समय घटाउनका लागि पनि  भएकै जनशक्तिलाई सुविधा तथा सिफ्ट बढाउने प्रयास थालिएको समेत जानकारी दिनुभयो।
    बैठकमा बोल्ने सांसदहरुले मन्त्री पौडेलले थालेको स्वास्थ्य सुधारका प्रयास सकारात्मक भएको भन्दै सफलताका लागि शुभकामना दिनुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको…

    काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६

    ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु संक्रमण, विभागद्वारा उच्च सतर्कता…

    काठमाडौँ । देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि पशु सेवा विभागले उच्च सतर्कता अपनाउन सबै सरोकारवाला

    नेपालमा विभिन्न कार्यक्रमसहित अन्तरराष्ट्रिय योग दिवस मनाइँदै

    काठमाडौं, असार ७ । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नारासहित आज नेपालमा पनि अन्तरराष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

    गोकर्णेश्वरका ३ वडामा बर्ड फ्लु पुष्टि, नगरपालिकाद्वारा उच्च सतर्कता अपनाउन…

    काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु पुष्टि भएपछि

    कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस,…

    काठमाडौँ । अफ्रिकी देश कंगोमा Ebola virus disease को प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ । देशको पूर्वी क्षेत्रमा देखिएको

    आगामी जेठ १६ १७ मा चिकित्सक संघको सम्मेलन हुँदै

    भरतपूर ।नेपाल चिकित्सक संघले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ ।‘आधुनिक, सुलभ, किफायती र

    Techie IT