Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठखेलकुदयूएईविरुद्ध नेपालको सहज जित

    यूएईविरुद्ध नेपालको सहज जित


    काठमाडौं । आरिफ सेख र दीपेन्द्रसिंह ऐरीले मध्यक्रम सम्हालेपछि आईसीसी टी–२० विश्वकप २०२६ को पहिलो वार्मअप खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध सात विकेटको सहज जित निकालेको छ ।

    मंगलबार मुम्बईमा भएको खेलमा यूएईले प्रस्तुत गरेको १४६ रनको लक्ष्य नेपालले १७ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।नेपालको जितमा आरिफ र दीपेन्द्र अविजित रहे । आरिफले ३७ बलमा आठ चौका र दुई छक्कासहित ६१ रन बनाए । दीपेन्द्रले ३१ बलमा चार चौका र एक छक्कासहित ५० रनको अर्धशतकीय इनिङ खेले ।

    यी दुईले ४५–३ को कठिन स्थितिबाट चौथो विकेटका निम्ति १०३ रनको शतकीय साझेदारी गर्दै नेपाललाई जितसम्म डोर्‍याएका हुन् ।कप्तान रोहित पौडेलले १६ रन थप्दा दुई ओपनर आसिफ सेख र कुशल भुर्तेल समान आठ रनमा पभेलियन फर्किए ।

    यूएईका मुहम्मद रोहिदले एक विकेट लिए ।त्यसअघि टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४५ रनको योगफल खडा गरेको थियो ।यूएईका सोहैब खानले सर्वाधिक ३८ रन बनाएका थिए । हर्षित कौशिकले ३५, ओपनर आर्यन्स शर्माले २५, मुहम्मद जोहैबले १९ र आलिशान सराफुले १२ रन थपे । नेपालका सन्दीप लामिछाने र करण केसीले समान दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरीको नाममा एक विकेट रह्यो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नेदरल्याण्डसलाई नेपालको १५८ रनको लक्ष्य, आरिफ शेखको सर्वाधिक ४१ रन

    काठमाडौँ ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्डसविरुद्ध जारी खेलमा नेपालले जितका लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ। पहिले

    विश्वकप लिग–२ मा आज नेपाल र नेदरल्याण्डस भिड्दै, दोस्रो खेलमा…

    काठमाडौँ ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिदेशीय सिरिजमा नेपालले आज नेदरल्याण्डससँग प्रतिस्पर्धा गर्दैछ। सिरिजको दोस्रो खेल नेपाली समयअनुसार

    आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीचको त्रिदेशीय एकदिवसीय सिरिज आजदेखि सुरु हुँदैछ। सिरिजको पहिलो खेलमा

    अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रो पटक विश्वविजेता

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनलमा

    फ्रान्सलाई ६–४ ले हराउँदै इङ्गल्याण्ड विश्वकपको तेस्रो स्थानमा, साकाको ह्याट्रिक…

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत तेस्रो स्थानका लागि भएको रोमाञ्चक प्रतिस्पर्धामा फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै इङ्गल्याण्डले तेस्रो स्थान

    अन्तिम पाँच मिनेटमा अर्जेन्टिनाको शानदार पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

    काठमाडौं । अर्जेन्टिनाले खेलको अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गरेको छ। रोमाञ्चक जितसँगै अर्जेन्टिनाले विश्वकप

    Techie IT