Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १२ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचारमुलपानीमा काठमाडौं २ का आजपा उम्मेदवार थापाको सम्पर्क कार्यालय स्थापना

    मुलपानीमा काठमाडौं २ का आजपा उम्मेदवार थापाको सम्पर्क कार्यालय स्थापना


    काठमाडौं, २४ माघ । काठमाडौंको मुलपानी, पिपलबोटमा आम जनता पार्टी (आजपा)का सहअध्यक्ष एवं काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार तिलक थापामगरको सम्पर्क कार्यालय आज स्थापना भएको छ ।

    साँखुका ७५ बर्षीया पदमा गुरुङले सो कार्यालयको उदघाटन गर्दै उम्मेदवार थापामगरलाई बिजयीको शुभकामना व्यक्त गरिन् । सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिन तयारी गरेका जेपी बज्राचार्य संयोजक र कालबहादुर विक सहसंयोजक रहने गरी १०१ सदस्यीय निर्वाचन परिचालन कमिटीको समेत घोषणा गरिएको छ ।

    ‘मोबाइल छापमा सबैको भोट ! भ्रष्टाचारीहरूलाई दरिलो चोट !!’ भन्ने मुल नारा सहित सम्पर्क कार्यालय उदघाटनमा स्थानीय, पार्टीका नेताकार्यकर्ता लगायतको विशेष सहभागिता रहेको थियो ।

    सो अवसरमा स्थानीय भक्तबहादुर गुरुङले स्थानीयको समस्या समाधानका लागि दिनरात जनताको सेवामा लागिरहने तिलक थापामगरलाई बिजयी गराउन सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

    कार्यालय उदघाटन कार्यक्रममा आजपाबाट काठमाडौं १ का उम्मेदवार कमल सुवेदी, काठमाडौं २ का उम्मेदवार तिलक थापामगर, काठमाडौं ३ का उम्मेदवार रुपसागर उपाध्याय, काठमाडौं ५ का उम्मेदवार कोमल पौडेल, काठमाडौं ६ का उम्मेदवार सफलता बोगटी, काठमाडौं ८ का उम्मेदवार खगेस रन्जित, भक्तपुर १ का उम्मेदवार देवेन्द्र ठाकुर, भक्तपुर २ का उम्मेदवार देवकुमारी साह, ललितपुर २ का उम्मेदवार लखिन्द्र साहको विशेष सहभागिता रहेको थियो ।

    यसैगरी आजपाका समानुपातिक उम्मेदवारहरु विक्रम बम, प्रतिमा थापामगर, कालबहादुर विक, धनकुमारी जोगी, नानुमाया तामाङ, आशा श्रेष्ठ, सर्मिला लिम्बु, उमा श्रेष्ठ सहित स्थानीय सर्वसधारण, बुद्धिजित, पार्टीका नेताकार्य लगायतको विशेष सहभागिता रहेको थियो ।

    कार्यालय उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं २ का उम्मेदवार थापामगरले यस क्षेत्रबाट जितेका नेताहरुले यहाँको समस्या समाधानमा चासो नदिएको आरोप लगाए । गुणस्तरीय शिक्षा, स्वास्थयका साथै सुकुम्बासी, खानेपानी, रोजगारी लगायतको समस्या रहेको र त्यसलाई समाधान गर्न पहल गर्नुपर्ने माग स्थानीयले गरेको उनले बताए ।

    ‘ठुलाठुला कुरा गरेर यस क्षेत्रबाट यसअघि निर्वाचन जित्नेले काम नगर्दा स्थानीयले आक्रोश व्यक्त गरिरहेका छन् । काठमाडौं क्षेत्र नं. २ मा खानेपानी, गुणस्तरीय शिक्षा, रोजगार लगायतको समस्या समाधान गर्नुपर्ने माग उहाँहरुको रहेको छ,’ आजपा उम्मेदवार थापामगरले भने, ‘काठमाडौं मुलुककै संघीय राजधानी हो तर यहाँबाट बिजयी नेताले काम नगर्दा स्थानीयलाई समस्या छ ।’

    अहिलेको सिस्टम सुधार, भ्रष्टाचार, कुशासन, अनियमितताको अन्त्यका लागि आफूले आजपाबाट उम्मेदवारी दिएको बताउदै खानेपानी, गुणस्तरीय शिक्षा, रोजगारीका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आजपाले विगतदेखी नै काठमाडौंको सुकुम्बासी समस्या, खानेपानी समस्या, रोजागारी समस्या, मनोमानी कर आतंक बिरुद्ध संघर्ष गर्दै आएको बताउदै यि समस्याहरुको समाधान आफूहरुले नै गर्ने बताए ।

    यस्तै सहकारी पीडित, लघुवित र वितिय संस्थाका पीडितलाई न्याय दिलाउन समेत पार्टीले गरेको संघर्ष, आन्दोलनको बारेमा जानकारी गराउदै आउँने दिनमा पनि संघर्षका कार्य जारी राख्ने थापामगरले बताए ।

    काठमाडौं क्षेत्र नं. २ मा रहेको मनोहरा खोला सहित खोलाबाट पीडितलाई न्यायदिलाउनकै लागि आफूले यस क्षेत्रबाट उम्मेदवारी दिएको उनले बताए । आफू पनि काठमाडौंबासी र मनोहरा खोला पीडित नै भएको बताउदै उनले यहाँको वास्तविक समस्याको बारेमा जानकार रहेका र त्यसलाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै थापामगरले ‘मोवाइल’ छापमा मतदान गरी आजपाका उम्मेदवारलाई बिजयी बनाउन अनुरोध गरे ।

    काठमाडौंको धर्म, संस्कृती, रितिरिवाज, कला, साहित्य लगायतको संरक्षण, जर्गेना गर्दै अगाडी बढने बताउदै उनले काठमाडौंलाई देशबासीको मुख्यशहरको रुपमा रहेको र सोही अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

    काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    Techie IT