भियतनाममा भीषण बाढीमा परी ३५ जनाको मृत्यू
काठमाडौं।भियतनाममा अविरलको भारी वर्षा र बाढीका कारण भियतनाममा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।अन्य पाँच जना अझै बेपत्ता छन् ।विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार, भियतनाममा २४ घण्टाभित्र रेकर्ड वर्षा भएको छ । जसका कारण तटीय क्षेत्रहरू बढी प्रभावित भएको छ ।
भियतनाम विपद् तथा डाइक व्यवस्थापन प्राधिकरण (भीडीडीएमए) का अनुसार, मृतकहरू ह्यु, दा नाङ, लाम डोङ र क्वाङ त्रि प्रान्तका छन् ।युनेस्को विश्व सम्पदा सूचीमा रहेको प्राचीन सहर होई एन पनि डुबानमा परेको छ । त्यहाँको नदी ६० वर्षयताको उच्चतम स्तरमा पुगेपछि बासिन्दाहरू काठका डुंगा प्रयोग गरी सहरमा यात्रा गर्न बाध्य भएका छन् ।
भीडीडीएमएका अनुसार, १६ हजार ५०० भन्दा बढी घर डुबानमा परेका छन् । ४० हजारभन्दा बढी कुखुरा र गाईवस्तु बगाएका छन् र करिब पाँच हजार ३०० हेक्टर (१३ हजार एकड) बाली जमिन बाढीले नष्ट गरेको छ । वातावरण मन्त्रालयका अनुसार, कुल एक लाखभन्दा बढी घर बाढीले प्रभावित भएका छन् र १५० भन्दा बढी स्थानमा भूस्खलन भएको छ ।सरकारका अनुसार, बाढी र प्रकोपजन्य कारणले ६१ करोड अमेरिकी डलरभन्दा बढीको क्षति भएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस