बालेन शाहले १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएको छ ।बिहीबार राष्ट्रपतिसमक्ष निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गरेसँगै रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका थिए ।
छलफलका क्रममा यही चैत १३ गते नयाँ प्रधानमन्त्री नियुक्ति र शपथ गर्नेगरी अन्य सम्बन्धित निकायसँग परामर्श गर्ने मोटामोटी सहमति जुटेको रास्वपा नेताहरुले बताएका छन् । ‘१३ गते नयाँ प्रधानमन्त्रीले शपथ लिनेगरी छलफल भएको छ । हामीले मात्रै मिति तय गरेर मात्रै पनि हुँदैन । अन्य पक्षसँग पनि गर्नुपर्ने आवश्यक छलफल भोलिबाटै अघि बढाउँछौं,’ महामन्त्री बुर्लाकोटीले भने ।
साथै, सोही दिन मन्त्रिपरिषद् पनि गठन गर्नेगरी छलफल अघि बढेको उनले जानकारी दिए । उनका अनुसार उनका अनुसार अनुमोदनको लागि १२ गते केन्द्रीय समिति बैठक बस्नेछ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस