Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचारबाँके जिल्लाको समग्र विकासका लागि प्रभावकारी काम गर्छौ : आजपा बाँके–३ का उम्मेदवार विध्या शर्मा

    बाँके जिल्लाको समग्र विकासका लागि प्रभावकारी काम गर्छौ : आजपा बाँके–३ का उम्मेदवार विध्या शर्मा


    नेपालगंज, २७ माघ आम जनता पार्टी (आजपा)का नेतृ एवं बाँके–३ का उम्मेदवार विध्या शर्माले नेपालगंज स्थित भेरी अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्नुपर्ने बताएकी छन् ।

    नेपालगंज उपमहानगरपालिकाको जयसपुर, कर्भौना, परसपुर, साइगाउँमा चुनावी छलफल एवं भेटघाटका क्रममा शर्माले बाँके जिल्ला सुगम जिल्ला भए पनि यहाँका नागरिकले गुणस्तरीय स्वास्थय उपचार नपाएकाले यस क्षेत्रमा एक मेडिकल कलेजको आवश्यक्ता भएको बताइन् ।

    ‘नेपालगंज लुम्बिनी प्रदेशको मात्रै नभई कर्णालीको समेत केन्द्र हो । तर नेपालगंजमा बाँके जिल्लाका मात्रै नभई कर्णाली सहितका अन्य जिल्लाबाट उपचार गराउन विरामीहरु आउने गरेका छन् । तर यहाँको सरकारी अस्पतालको सेवासुविधा गरिब, निमुखा, आवाज विहीन जनताले स्वास्थ्य उपचार नपाएको गुनासो छ,’ शर्माले भनिन्, ‘यस क्षेत्रमा एक मेडिकल कलेजको आवश्यक्ता छ । नेपालगंजको भेरी अस्पताललाई मेडिकल कलेज बनाउन म पहल गर्छु । जसले यस क्षेत्रका नागरिकले राम्रो स्वस्थ्य उपचारका साथै विद्यार्थीहरुले एमबिबिएससम्मको पढाई पनि गर्न पाउँछन् ।’

    बाँके जिल्लामा स्वास्थ्यका साथै खानेपानी, जेष्ठ नागरिकलाई दिनुपर्ने सेवा सुविधा, कृषी, सिचाई, मल, बिउ लगायतका विभिन्न समस्याहरु भए पनि यहाँबाट यसअघि चुनावमा जित्ने नेताहरुले काम नगर्दा आम नागरिक समस्या भोग्दै आइरहेको उनले बताइन् ।

    बाँके–३ बाट आफू बिजयी भए यि समस्याहरुको ठोस रुपमा समाधान गर्दै यहाँका नागरिकलाई अत्याधिक सेवा सुविधा दिलाउन काम गर्ने प्रतिबद्धता शर्माले व्यक्त गरेकी छन् ।

    बाँकेमा भ्रष्टाचार, आत्महत्या, सडक यातायात, बेरोजगारी, पर्यावरण लगायतका प्रमुख समस्या भएको आम नागरिकले बताउदै यसको समाधानका लागि शर्माले काम गर्ने बताइन् । सरकारी सेवासुविधामै अनियमितता, भ्रष्टाचार हुने गरेको र सर्वसधारण नागरिकले सेवा सुविधा नपाउने समस्यालाई समाधान गर्ने शर्माले जनाएकी छन् ।

    यसैगरी बेरोजगारी, अशिक्षाका, पर्यावरण लगायतका समस्याको ठोस समाधान गर्ने एजेण्डा आजपाको रहेको उनले बताइन् । आफू बिजयी भए यहाँको शिक्षा, स्वास्थ्य, खानेपानी सहितका अन्य सेवासुविधा प्रभावकारी बनाउदै सबैलाई निशुल्क रुपमा उपलब्ध गराउने प्रतिबद्धता शर्माले व्यक्त गरेकी छन् ।

    बाँके जिल्लाको समग्र विकाश सहित धार्मिक, सांस्कृतिक, ऐतिहासिक क्षेत्रको समृद्धि एवं विकासका लागि संघर्ष गर्दै आएको बताउदै उनले यसक्षेत्रको विकासका लागि निरन्तर अग्रपंक्तिमा रहेका काम गर्ने उनले जनाएकी छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    Techie IT