बस्नेतलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै परेको रिट खारेज
काठमाडौँ ।एमाले सचिव महेश बस्नेतविरूद्ध बलात्कार मुद्दामा अनुसन्धान गरी कारबाही अघि बढाउने परमादेश माग्दै शोभा पाठकले दिएको रिट उच्च अदालत पाटनले खारेज गरेको छ।बुधबार न्यायाधीश सोमकान्त मैनाली र केशव प्रसाद अधिकारीको इजलासले पाठकको रिट खारेज गर्ने निर्णय सुनाएको हो।
>पाठकले २ वर्षअघि बस्नेतविरूद्ध बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्।उक्त जाहेरीमा अनुसन्धान गर्दा उचित प्रमाण फेला नपरेको भनेर जिल्ला सरकारी वकिल कार्यालयले तामेलीमा राख्ने निर्णय गरेको थियो। उक्त निर्णय विरूद्ध पाठक रिट लिएर उच्च अदालत पाटन गएकी थिइन्। त्यो रिटमा पनि खारेज भएको हो।
त्यसपछि पाठकले बस्नेतविरूद्ध पूरक जाहेरी दिएकी थिइन्। बलात्कार, भ्रूण हत्या गरेको भन्दै दिएको उक्त जाहेरीमाथि अनुसन्धान गर्दा पनि सरकारी वकिल कार्यालयले मुद्दा चलाउन नपर्ने भनेर निर्णय गरेको थियो।
आदेशमा भनिएको छ, ‘काठमाडौं जिल्ला अदालतबाट मिति २०८२/१२/१६ मा आदेश भएकाले कारबाही प्रक्रिया अगाडि बढिरहेको भन्ने समेत देखिँदा निवेदकको मागबमोजिम उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिरहनु परेन। तसर्थ निवेदकको माग बमोजिमको आदेश जारी गर्नुपर्ने अवस्थाको विद्यमानता नदेखिरा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ।’
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस