प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध संसदीय समितिमा ७ उजुरी
काठमाडौं ।प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा सात वटा उजुरी दर्ता भएका छन् ।
सङ्घीय संसद् सचिवालयका अनुसार वैशाख २६ गते समितिले डा. शर्माविरुद्ध उजुरी आह्वान गरेपछि हालसम्म सात उजुरी प्राप्त भएका हुन् । समितिले स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन १० दिनको समय दिएको थियो । साथै उजुरीकर्ताले आफ्नो नाम, थर, ठेगाना तथा सम्पर्क नम्बर अनिवार्य रूपमा खुलाउनुपर्ने व्यवस्था गरिएको थियो ।
उजुरी दर्ता गर्ने अन्तिम समय सोमबारसम्म रहेको सचिवालयले जनाएको छ । प्राप्त उजुरीमाथि समितिले छलफल तथा छानबिन गर्नेछ । त्यसपछि प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग प्रत्यक्ष सुनुवाइ प्रक्रिया अघि बढाइनेछ ।
डा. शर्मालाई वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश पदमा सिफारिस गरेको थियो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस