प्रधानमन्त्रीद्वारा राजनीतिक संयन्त्रको बैठक आह्वान
काठमाडौँ /१ चैत्र,प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएका छन्।
सरकार सञ्चालनमा रहेका प्रमुख सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू सम्मिलित संयन्त्रको बैठक बोलाइएको हो ।
बैठक साँझ ५ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। संयन्त्रमा सत्तासाझेदार दल नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेता छन्।
फागुन २५ गते आइतबार राजावादीले काठमाडौँमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौँमा गरेको प्रदर्शनपछि नेपाली राजनीति तरङ्गित बनेको छ। यसै सन्दर्भमा समेत छलफल हुने अनुमान गरिएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस