पञ्जाबलाई हराउँदै बेंगलुरु आईपीएलको फाइनलमा
काठमाडौं। पञ्जाब किंग्सविरुद्ध आठ विकेटको सहज जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलुरु नौ वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ ।बिहीबार न्यु चण्डीगढमा पञ्जाबले प्रस्तुत गरेको १०२ रनको लक्ष्य बेंगलुरुले १० ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।
बेंगलुरुको जितमा ओपनर फिल साल्टले २७ बलमा ५६ रन बनाए । उनले ६ चौका र तीन छक्का प्रहार गरे। मयंक अग्रवालले १९,कप्तान रजित पटिदरले १५ र विराट कोहलीले १२ रन थपे ।पञ्जाबका काइल जेमिसन र मुशिर खानले समान एक विकेट लिए ।त्यसअघि,टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले १४.१ ओभरमा १०१ रन बनाएको थियो । पञ्जाबका मार्कुस स्टोइनिसले २६ रन जोडे ।अज्मतुल्लाह ओमरजाई र प्रभसिम्रनले समान १८ रन थपे । अरू ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस