‘नागरिक बचाउ दल’ दर्ता प्रयोजनका लागि सनाखत
काठमाडौं । दुर्गा प्रसाईंको ‘नागरिक बचाउ दल’ दर्ता प्रयोजनका लागि सनाखत गरिएको छ ।नागरिक बचाउ अभियानका प्रवक्ता माधव कल्पितले आइतबार निर्वाचन आयोग पुगेर नयाँ पार्टीका लागि सनाखत गरेका छन् ।अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा रहेको ‘नागरिक बचाउ दल, नेपाल’का लागि उनले सनाखत गरेका हुन् । दलको प्रस्तावित अध्यक्षसमेत रहेका कल्पितले आयोगमा पुगेर सनाखत पत्रमा हस्ताक्षर गरे ।
सनाखतपछि कल्पितले आगामी प्रतिनिधिसभा निर्वाचनमा गरिब र नागरिकका मुद्दामा आधारित स्पष्ट एजेन्डा लिएर चुनावी मैदानमा उत्रिने दाबी गरे । उनले परम्परागत राजनीतिक शक्तिहरूले जनताको सरोकार बिर्सिएको अवस्थामा आफ्नो दल वैकल्पिक शक्तिको रूपमा उभिने दाबी गरे ।
“हामी राजनीतिमा सेवा र समर्पण गर्नका लागि नागरिक बचाउ दल स्थापना भएको हुँदा आगामी चुनावमा हामी अरू दलभन्दा पल्ला भारीको रूपमा जनताको पक्षमा काम गर्नका लागि संसद् भवन र सिंहदरबार छिर्नेछौँ,” उनले भने ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ५ देशभर मनसुन सक्रिय : आज पनि धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
- ६ दैनिक इन्धन मूल्य प्रणालीको विरोधमा पाकिस्तानभर पेट्रोल पम्प बन्द गर्ने घोषणा
- ७ निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने

तपाईको प्रतिक्रिया दिनुहोस