Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ११ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचारधनुषाका जेनजी युवाहरू आजपामा प्रवेश गरे

    धनुषाका जेनजी युवाहरू आजपामा प्रवेश गरे


    जनकपुरधाम, ७ कात्तिक । धनुषा जिल्लाका जेनजी युवाहरू आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।

    धनुषा जिल्लाको सबैला नगरपालिका – ९ कुशमाहामा आज दशैं, दिपावली तथा छठ पर्वको अवसरमा आज आयोजित कार्यक्रममा जेनजी युवाहरू आजपामा प्रवेश गरेका हुन ।

    आजपा अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले उनिहरुलाई पार्टीमा प्रवेश गराउदै देश र जनताको सेवामा लाग्न आग्रह गरे ।

    जेनजी युवाहरुको माग अनुसार सुशीला कार्की नेतृत्वको सरकारले काम नगरेको बताउदै आजपा अध्यक्ष साहले भ्रष्टाचारी र जेनजी आन्दोलनका हत्यारालाई कारबाही गर्न वर्तमान सरकारले खुट्टा कमाएको बताए ।

    `यदी यो सरकारले जेनजी आन्दोलनका हत्यारा र भ्रष्टाचारीलाई कारबाही नगर्ने हो भने एक मिनेट पनि कुर्सीमा बस्ने नैतिक अधिकार छैन,´ आजपा अध्यक्ष साहले भने, `केवल सत्ता परिवर्तनका लागि जनबिद्रोह भएको होईन । सात्तामा बस्ने हो भने जेनजी आन्दोलनका हत्यारा र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ ।´

    सो कार्यक्रममा धनुषाका जेनजी युवाहरु आकाश मिश्रा, दिपेशकुमार साह, शैलोकुमारी साह, आशाकुमारी मण्डल, चन्दाकुमारी मण्डल लगायतकाले पार्टी प्रवेश गरेको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

    काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    Techie IT