काठमाडौं। हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ । केही प्रदेशमा आंशिक बदली भए पनि आज देशभर मुख्यतया मौसम सफा रहनेछ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।यसैबीच, बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो बढेर अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने विभागले जनाएको छ ।
आइतबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार राति देशभर मौसम मुख्यतया सफा रहनेछ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ६ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस