Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १२ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचारतराईमा हुस्सु,कुहिरो ,पहाडी भागमा पनि चिसो बढ्यो

    तराईमा हुस्सु,कुहिरो ,पहाडी भागमा पनि चिसो बढ्यो


    काठमाडौ।हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।तराईका धेरै भूभागमा केही हप्तायता हुस्सु र कुहिरो लाग्दै आएको छ । बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेको छ । जसले जनजीवन प्रभावित हुँदै आएको छ ।चिसो बढेपछि सरकारी निकायले चोक–चोकमा आगो बाल्न दाउरा वितरण गर्दै आएका छन् । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेका छन् ।

    आज पनि तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ । यो मध्याह्नसम्म रहनेछ ।नेपालगञ्ज, जनकपुर, विराटनगर र सिमरामा ५० मिटर भिजिविलिटी छ ।अहिले न्यून भिजिविलिटी भए पनि तराईमा मध्याह्नसम्म खुलिसक्ने विभागले जनाएको छ ।

    यसैगरी काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा चिसो बढेकोले जनजीवन प्रभावित भएको छ ।देशका केही प्रदेशमा आज आंशिक बदली हुनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली हुनेछ । बिहान तराईमा हुस्सु र कुहिरो लागेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका अधिकांश स्थानमा मध्यान्नसम्म हुस्सु र कुहिरो रहनेछ ।कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

    यसैबीच, काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको छ । दिउँसो १५ देखि १७ डिग्री सेल्सियसबीच रहनेछ ।राति तराई भूभागका केही स्थानमा हुस्सु रहनेछ । वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रहने विभागले बताएको छ ।बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

    काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको

    नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान…

    वीरगञ्ज ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

    सिमलतालमा पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

    चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान खसेको पहिरो पन्छाइएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    Techie IT