Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठखेलकुदचेन्नईलाई राजस्थानले हराउँदै सुखद बर्हिगमन

    चेन्नईलाई राजस्थानले हराउँदै सुखद बर्हिगमन


    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्ग्सलाई ६ विकेटले हराएको छ ।

    राजस्थानले मंगलबार लिग चरणको आफ्नो अन्तिम खेलमा चेन्नाई सुपर किंग्सविरुद्ध ६ विकेटको जित निकाल्दै यो सिजनको अन्त्य गरेको हो ।दिल्लीमा भएको खेलमा चेन्नाईले प्रस्तुत गरेको १८८ रनको लक्ष्य राजस्थानले १७ बल बाँकी छँदै चार विकेट गुमाएर पूरा गर्‍यो ।

    राजस्थानको जितमा वैभव सूर्यवंशीले ३३ बलमा चार चौका र चार छक्कासहित ५७ रन जोडे ।कप्तान सञ्जु सामसनले ४१, यशस्वी जैसवालले ३६, ध्रुव जुरेलले ३१ र सिम्रन हेटमायरले १२ रन थपे ।

    चेन्नाईका रविचन्द्रन आश्विनले दुई विकेट लिए । असुल कम्बोज र नुर अहमेदले समान एक विकेट लिए ।

    त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको चेन्नाईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८७ रन बनाएको थियो ।

    चेन्नाईका आयुश महात्रेले ४३ रन बनाए । देवाल्ड ब्रेविसले ४२, शिभव दुवेले ३९, कप्तान महेन्द्रसिंह धोनीले १६ र रविचन्द्रन आश्विनले १३ रन थपे ।

    राजस्थानका आकाश मधवाल र युद्धवीर सिंहले समान ३ विकेट लिए । राजस्थान र चेन्नई यसअघि नै लिग चरणबाट बाहिरिसकेका छन् । राजस्थान ८ अङ्कसहित तालिकाको नवौं स्थानमा र चेन्नई ६ अङ्कका साथ पुछारमा छ ।

    आईपीएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    Techie IT