काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ ।वाग्मती, गण्डकी र कोसी प्रदेशका केही भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो वाग्मती, गण्डकी र कोसी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
वाग्मती, गण्डकी र कोसी प्रदेशमा आंशिक रूपमा बादल लाग्नेछ । तराईका केही स्थानमा आज हुस्सु र कुहिरो लाग्नेछ ।काठमाडौं उपत्यकामा आज दिनभर मौसम बदली हुनेछ । विभागका अनुसार काठमाडौंमा वर्षाको सम्भावना छैन । यद्यपि, दिनभर बादल भने लाग्नेछ ।
काठमाडौंमा बिहान पौने ६ बजेको न्यून्तम तापक्रम ६।५ डिग्री सेल्सियस रहेको छ । दिउँसो १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान छ ।पश्चिमी वायुको प्रभाव भने कमजोर भइसकेको विभागले बताएको छ । आंशिक प्रभाव बाँकी रहे पनि पानी पार्ने प्रणाली भने बाहिरिसकेको र केही बादल बाँकी रहे पनि त्यसले वर्षा नगराउने विभागले जनाएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस