गुजरातले दिल्लीलाई १० विकेटले हरायो, प्लेअफमा सुरक्षित
काठमाडौं । गुजरात टाइटन्सले दिल्ली क्यापिटल्समाथि शानदार जित हासिल गरेको छ । आइतबार भएको खेलमा सुरुमा ब्याटिङ गरेको दिल्लीले दिएको २०० रनको लक्ष्य पछ्याएको गुजरातले विना विकेटको क्षति १९ ओभरमा २०५ रन जोडेको हो ।
२०० रनको लक्ष्य ओपनरद्वय साई सुदर्शन र क्याप्टेनसमेत रहेका शुभमन गिलले मात्रै खेलेर पूरा गर्दै गुजरातलाई जिताए। यसअघि टस हारेर पहिला पहिला ब्याटिंग गरेको दिल्लीले केएल राहुलको ११२ रनको शतकीय पारीको मद्दतले २० ओभरमा ३ विकेट गुमाउदै १९९ रन बनाउन सफल भएको थियो ।
यो खेलको समाप्तिसँगै शीर्ष स्थानको गुजरात, दोस्रो स्थानको बंगलोरु र तेस्रो स्थानको पन्जाब आईपीएलको प्ले अफमा प्रवेश गरेका छन् । गुजरातसँगै रोयल च्यालेन्जर्स बेंग्लुरू र पन्जाब किंग्सले पनि प्लेअफमा स्थान सुरक्षित गरेको छ। मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स र लखनऊ सुपर जायन्ट्समध्ये एक टिम प्लेअफ पुग्नेछ।
मुम्बई, दिल्ली र कोलकाताले दुई खेल खेल्न बाँकी हुँदा लखनऊले तीन खेल खेल्न बाँकी छ।
मुम्बईको १४, दिल्लीको १३, कोलकाताको १२ र लखनउको १० अंक छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ६ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस