Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारकाठमाडौं–२ का आजपा उम्मेदवार थापाले चुनावी भेटघाट एवं छलफललाई तिब्रता दिदै

    काठमाडौं–२ का आजपा उम्मेदवार थापाले चुनावी भेटघाट एवं छलफललाई तिब्रता दिदै


    काठमाडौं, २३ माघ
    आम जनता पार्टी (आजपा)का सहअध्यक्ष एवं काठमाडौं क्षेत्र नं.२ का उम्मेदवार तिलक थापामगरले चुनावी छलफल तथा भेटघाटलाई तिब्रता दिएका छन् ।

    काठमाडौं क्षेत्र नं. २ को जडीबुटी, कोटेश्वर, मुलपानी, पेप्पसीकोलाका मतदाता, एवं पार्टीका नेताकार्यकर्तासंग शुक्रबार थापामगरले चुनावी भेटघाट एवं छलफल गरेका छन् ।

    छलफलका क्रममा उनले यसअघि यस क्षेत्रबाट जितेका नेताहरुले यहाँको समस्या समाधानमा चासो नदिएको बताए । स्थानीय नेताकार्यकर्ता एवं मतदाताले काठमाडौं क्षेत्र नं. २ को समस्या राख्दै त्यसलाई समाधान गर्न पहल गर्नुपर्ने आग्रह गरेका छन् ।

    देशकै संघीय राजधानी भएको काठमाडौंको क्षेत्र नं. २ मा गुणस्तरीय शिक्षा, स्वास्थयका साथै सुकुम्बासी, खानेपानी, रोजगारी लगायतको समस्या रहेको र त्यसलाई समाधान गर्न पहल गर्नुपर्ने माग स्थानीयले गरेको आजपा नेता थापामगरले बताए ।

    ‘ठुलाठुला कुरा गरेर यस क्षेत्रबाट यसअघि निर्वाचन जित्नेले काम नगर्दा स्थानीयले आक्रोश व्यक्त गरिरहेका छन् । काठमाडौं क्षेत्र नं. २ मा खानेपानी, गुणस्तरीय शिक्षा, रोजगार लगायतको समस्या समाधान गर्नुपर्ने माग उहाँहरुको रहेको छ,’ आजपा उम्मेदवार थापामगरले भने, ‘काठमाडौं मुलुककै संघीय राजधानी हो तर यहाँबाट बिजयी नेताले काम नगर्दा स्थानीयलाई समस्या छ ।’

    अहिलेको सिस्टम सुधार, भ्रष्टाचार, कुशासन, अनियमितताको अन्त्यका लागि आफूले आजपाबाट उम्मेदवारी दिएको बताउदै खानेपानी, गुणस्तरीय शिक्षा, रोजगारीका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आजपाले विगतदेखी नै काठमाडौंको सुकुम्बासी समस्या, खानेपानी समस्या, रोजागारी समस्या, मनोमानी कर आतंक बिरुद्ध संघर्ष गर्दै आएको बताउदै यि समस्याहरुको समाधान आफूहरुले नै गर्ने बताए ।

    यस्तै सहकारी पीडित, लघुवित र वितिय संस्थाका पीडितलाई न्याय दिलाउन समेत पार्टीले गरेको संघर्ष, आन्दोलनको बारेमा जानकारी गराउदै आउँने दिनमा पनि संघर्षका कार्य जारी राख्ने थापामगरले बताए ।

    काठमाडौं क्षेत्र नं. २ मा रहेको मनोहरा खोला सहित खोलाबाट पीडितलाई न्यायदिलाउनकै लागि आफूले यस क्षेत्रबाट उम्मेदवारी दिएको उनले बताए । आफू पनि काठमाडौंबासी नै भएको बताउदै उनले यहाँको वास्तविक समस्याको बारेमा जानकार रहेका र त्यसलाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै थापामगरले ‘मोवाइल’ छापमा मतदान गरी आजपाका उम्मेदवारलाई बिजयी बनाउन अनुरोध गरे ।

    काठमाडौंको धर्म, संस्कृती, रितिरिवाज, कला, साहित्य लगायतको संरक्षण, जर्गेना गर्दै अगाडी बढने बताउदै उनले काठमाडौंलाई देशबासीको मुख्यशहरको रुपमा रहेको र सोही अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    निर्यात उद्योगका समस्या तत्काल सम्बोधन गर्न प्रधानमन्त्री शाहको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी–व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

    बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

    काठमाडौं — सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाजुराको पर्यटकीय तथा धार्मिक क्षेत्र बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा विस्तार

    भदौ २३–२४ को घटनाबारे गम्भीर समीक्षा गर्न प्रचण्डको आग्रह, वाम…

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको राजनीतिक घटनाक्रमले नेपालको राजनीतिक नेतृत्व, सुरक्षा संयन्त्र र

    Techie IT