Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रकलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल आइपुग्यो, नेपालतर्फ आपूर्ति तीव्र

    कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल आइपुग्यो, नेपालतर्फ आपूर्ति तीव्र


    काठमाडौं । नेपालका कृषकलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यले भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल बोकेको तेस्रो जहाज आइपुगेको छ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार भारतमा निरन्तर भइरहेको वर्षाका कारण मालवाहक रेल सञ्चालन प्रभावित हुँदा हिजो नेपाल आइपुग्ने तय भएको १ हजार २५० मेट्रिक टन युरिया मल बोकेको रेल अब भोलि नेपाल आइपुग्नेछ। त्यस्तै, २ हजार ५०० मेट्रिक टन डीएपी मल बोकेको अर्को रेल पनि भोलि नेपाल आइपुग्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

    युरिया मलको आपूर्तिलाई थप सहज बनाउन कलकत्ताबाट विराटनगरतर्फ ३०० मेट्रिक टन र भैरहवातर्फ ४५० मेट्रिक टन युरिया मल ट्रकमार्फत पठाइसकिएको छ।

    मन्त्रालयका अनुसार बाँकी रासायनिक मल पनि चरणबद्ध रूपमा नेपाल भित्र्याइनेछ र आवश्यकताअनुसार देशभर वितरण गरिनेछ। कृषकलाई आवश्यक पर्ने रासायनिक मलको आपूर्ति तथा वितरणलाई निरन्तरता दिइरहेको मन्त्रालयले जनाएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नेप्सेमा ७.९० अंकको सुधार, कारोबार ६ अर्ब २६ करोडमाथि

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज शुक्रबार ७.९० अंकले बढेर २,७३४.६३ विन्दुमा पुगेको छ। आज ३५३ वटा कम्पनीका

    सुन तोलामा ५ हजार ८ सय र चाँदी १५५ रुपैयाँले…

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल

    उद्योग वाणिज्य महासंघमा वस्तुगत परिषद् गठन, निजी क्षेत्रको आवाज सशक्त…

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गत विभिन्न वस्तुगत संघ–संस्थाको प्रतिनिधित्व रहने वस्तुगत परिषद् गठन गरिएको छ। परिषद् गठनसँगै

    नेप्सेमा ४१.७० अंकको उत्साहजनक उछाल, कारोबार ५ अर्ब ५१ करोड…

    काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उल्लेख्य वृद्धि भएको छ। आज नेप्से ४१.७० अंकले

    नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै,…

    काठमाडौं । नेपालका लागि खरिद गरिएको १ हजार २५० मेट्रिक टन डीएपी (डाइ–अमोनियम फस्फेट) मल आज नेपाल आइपुग्ने भएको छ।

    सुन तोलामा रु १,९०० र चाँदी रु ४० ले महँगियो

    काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। गत शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला रु १,९००

    Techie IT