एकीकृत समाजवादी परित्याग गर्दै सुभाष साह आजपामा प्रवेश गरे
काठमाडौं, ७ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) परित्याग गर्दै सुभाष साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।
आजपा केन्द्रीय कार्यालय काठमाडौंमा एक कार्यक्रमका बीचमा साहले आजपामा प्रवेश गरेका हुन् । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अबिर, माला लगाएर साहलाई पार्टीमा स्वागत गरेका छन् ।
विद्यार्थीकालदेखी नै कम्युनिष्ट आन्दोलनमा लागेका साह अखिल, युवा संघ, प्रेस चौतरी, समाजवादी प्रेस संगठन सहितका संगठनमा बिभिन्न जिम्मेवारीमा रही काम गरेका छन् ।
एमाले विभाजन भई एकीकृत समाजवादी गठन भएपछि एकीकृत समाजवादीमा लागेका साह प्रेस संगठन नेपालको केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेशको जिम्मेवारीबाट यस अघि नै राजीनामा दिएका थिए ।
नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य साह महासंघको पछिल्लो निर्वाचनमा केन्द्रीय उपाध्यक्षका प्रत्यासी थिए । दुई दशकभन्दा बढी समयदेखी सक्रिय पत्रकारितामा लागेका साह आम सञ्चार तथा पत्रकारिता बिषयमा स्नातकोत्तर गरेका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विधि, बिधान, नीति र जुन उदेश्यका लागि एमाले विभाजन गरेका थिए उनले सोही अनुसार काम नगरेको आरोप साहले लगाए । संगठनमा छलफल गर्ने, निर्णय गर्ने र निर्णय भएका एजेण्डालाई कार्यान्वयन गर्नुको साटो त्यसलाई लत्याउने काम गरिएपछि सो पार्टी उनले परित्याग गरेको जनाएका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस