Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठविश्वइरानमा ५४३ प्रदर्शनकारीको मृत्यु, अमेरिकाले आक्रमण गरे इरानको जवाफी कारबाही गर्ने चेतावनी

    इरानमा ५४३ प्रदर्शनकारीको मृत्यु, अमेरिकाले आक्रमण गरे इरानको जवाफी कारबाही गर्ने चेतावनी


    काठमाडौं । इरान सरकारले प्रदर्शनकारीमाथि गरिरहेको दमन तीव्र बन्दै गएसँगै सयौँको मृत्यु भएको रिपोर्ट सार्वजनिक भएको छ । यसैबीच, इरानले अमेरिकाले आक्रमण गरेमा आफूले कडा जवाफी कारबाही गर्ने चेतावनी दिएको छ ।बीबीसीका स्रोत र अधिकारकर्मीहरूका अनुसार स्थिति निकै भयावह बन्दै गएको छ । तेहरानका एक स्रोतले आइतबार भने, “यहाँको अवस्था धेरै खराब छ । हाम्रा धेरै साथीहरू मारिएका छन् । सुरक्षाकर्मीहरूले सिधै गोली चलाइरहेका छन् । सडकहरू युद्ध मैदानजस्तै देखिएका छन् र जताततै रगत छ । उनीहरूले ट्रकमा राखेर शवहरू लगिरहेका छन् ।”

    अमेरिकास्थित ‘ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी’ले देशव्यापी रूपमा ४९५ प्रदर्शनकारी र ४८ सुरक्षाकर्मी गरी ५४३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । एजेन्सीका अनुसार दुई हप्ताको अशान्तिमा १० हजार ६०० भन्दा बढी मानिस पक्राउ परेका छन् । प्रदर्शनकारीको हत्यालाई लिएर अमेरिकाले इरानमाथि आक्रमण गर्ने धम्की दिएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    डीआर कंगोमा इबोला महामारी भयावह, मृतक संख्या १,३०९ नाघ्यो

    काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा फैलिएको इबोला महामारी झन् भयावह बन्दै गएको छ। महामारीका कारण मृत्यु हुनेको संख्या एक हजार

    डीआर कंगोमा इबोला संक्रमण अझै नियन्त्रणबाहिर, डब्ल्यूएचओद्वारा उच्च सतर्कता

    काठमाडौं । लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)मा इबोला भाइरसको संक्रमण नयाँ–नयाँ क्षेत्रमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले संक्रमण अझै

    दैनिक इन्धन मूल्य प्रणालीको विरोधमा पाकिस्तानभर पेट्रोल पम्प बन्द गर्ने…

    काठमाडौँ ।  सरकारले लागू गर्न लागेको दैनिक इन्धन मूल्य निर्धारण प्रणालीको विरोध गर्दै पाकिस्तानभरका पेट्रोल पम्प सञ्चालकहरूले बुधबार रातिदेखि देशव्यापी

    विश्वकपको सबैभन्दा सुन्दर कथा : केप भर्डे

    काठमाडौं । शनिबार बिहान केप भर्डेले डेब्यू विश्वकपमा पहिलो हार ब्यहोर्दा स्टेडियममा धेरैका आँशु थामिएनन् । हो फुटबल निर्मम छ ।

    इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो

    काठमाडौँ । इरानले विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक होर्मुज जलमार्ग (स्ट्रेट अफ होर्मुज) सबै प्रकारका जहाजहरूको आवतजावतका लागि अर्को

    फिलिपिन्समा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

    काठमाडौँ ।  फिलिपिन्समा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ। अमेरिकाको भूगर्भ सर्वेक्षण संस्थाका अनुसार भूकम्प जमिनको सतहबाट करिब

    Techie IT