Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारआजपा केन्द्रीय कमिटीको बैठकको निष्कर्ष : निर्वाचन शान्तिपूर्ण तर स्वच्छता र पारदर्शितामाथि प्रश्नैप्रश्न

    आजपा केन्द्रीय कमिटीको बैठकको निष्कर्ष : निर्वाचन शान्तिपूर्ण तर स्वच्छता र पारदर्शितामाथि प्रश्नैप्रश्न


    काठमाडौं, ७ चैत । आम जनता पार्टी (आजपा)ले २१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको देखिएपनि यसको स्वच्छता र पारदर्शितामाथि प्रश्न उठाएको छ ।

    काठमाडौंको कमलादीस्थित् नेपाल प्रज्ञा प्रतिष्ठानमा आज (शनिबार) सम्पन्न आजपाको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य एवं उम्मेदवारहरुले निर्वाचनको स्वच्छता र पारदर्शितामाथि गम्भिर प्रश्न उठाएका छन् ।
    ‘मतदान अधिकृतको हस्ताक्षर नमूना पहिला नै सुरक्षा निकायले संकलन गर्नु, मतदान प्रतिनिधिलाई मतपेटिकासंगै जान नदिनु, मतपेटिका संकलन केन्द्रमा प्रतिनिधिको पहुँच नहुनु र मतपत्र छपाईबारे विवादस्पद भनाई बाहिर आउनु जस्ता विषयले निर्वाचनमा धाँधली भएको आशंका पैदा भएको छ,’ बैठकमा नेताहरुले राखेको धारणाको सारांश उद्धृत गर्दै आजपा संगठन विभाग प्रमुख त्रिभुवन साहले भने ।

    यसैगरी आम संचारमाध्यम पनि सामाजिक सञ्जालमा निर्भर रहेको र सामाजिक मीडिया फेक आईडीको क्याप्चरमा रहेको सन्दर्भमा अन्य पार्टीको विचार र एजेण्डाहरू सहज ढंगले मतदातामा प्रवाहित हुन नसकेको भन्दै आजपाका नेताहरुले प्रतिस्पर्धा समान र स्वच्छ नदेखिएको निश्कर्ष सुनाएका थिए ।

    ‘आम संचार माध्यम र सामाजिक सञ्जालद्वारा गरिएको अतिरञ्जित र एकतर्फी प्रचारलाई निर्वाचन आयोग र नेपाल सरकारले निगरानी र नियन्त्रण गर्न नसकेको । आचार–संहिताको खुलमखुला उल्लंघन हुँदा निर्वाचन आयोग मुकदर्शक देखिएको, निर्वाचनमा हावाहुरी, सत्ताशक्ति र सत्यनिष्ठा बीचको प्रतिस्पर्धा देखिएको । जेनजी आन्दोलनको रापतापबाट आएको ह्वीमले निर्वाचनलाई पुरै प्रभावित गरेको, चुनाव समयमा हुने÷नहुने अन्यौलताका कारण पनि कयौं पार्टी र उम्मेदवारहरू गतिहिन भएका, सम्पन्न निर्वाचनको परिणाम पनि अस्वाभाविक र अप्रत्याशित देखिएको निष्कर्ष आजपा बैठकले निकालेको छ ।

    बैठकले पार्टीको आगामी कार्ययोजनाको बारेमा छलफल गर्दै निर्वाचनको समिक्षासहित पार्टीको सम्पूर्ण कमिटीहरु पुर्नगठन गर्ने, पार्टीको नियमित बैठकसंगै जनसंगठनहरूको पनि बैठक र भेला गर्ने निर्णय गरेको छ ।

    यसैगरी विचार र एजेण्डा मिल्ने पार्टीहरूसंग एकता र सहकार्यको पहल गर्ने, पार्टीले उठाउँदै आएका जनपक्षीय मुद्दाहरूलाई सम्बोधन गराउन सरकारसमक्ष निरन्तर पहल गर्ने, नयाँ सरकारलाई गुण र दोषको आधारमा समर्थन वा विरोध गर्ने, राष्ट्रियता जोगाउन, अर्थतन्त्र बचाउन र लोकतन्त्रलाई सुदृढ गर्दै सामाजिक न्याय स्थापित गर्न आजपाले उठाएका विचारलाई व्यापक रूपमा जनतासम्म पुर्याउने, जेनजी आन्दोलनका मुद्दाहरूलाई सम्बोधन गर्न÷गराउन पहल गर्ने निर्णय गरेको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन् ।

    वर्तमान राजनीतिक अवस्थाको बारेमा छलफल गर्दै बैठकले देशमा आम निर्वाचन सम्पन्न भए पनि अन्यौलता कायमै रहेको, दुईतिहाईको जनादेशले देशमा स्थिरता, सुशासन र विकास तीव्र हुने जनपेक्षा देखिएपनि पुरानो राज्यसंरचना र नयाँ नेतृत्वबीचको विरोधाभाषपूर्ण सम्बन्धले अपेक्षित नतीजा दिन नसक्ने निष्कर्ष निकालेको छ ।

    निर्वाचनबाट निर्वाचित नयाँ नेतृत्व एवं गठन हुने नयाँ सरकारले राष्ट्रिय सुरक्षा र अन्तराष्ट्रिय सम्बन्धलगायतका संवेदनशील विषयलाई कसरी अगाडि बढाउने भन्ने विषय सन्देहपूर्ण नै रहेको निष्कर्ष आजपाको छ ।

    आम निर्वाचनपश्चात् राजनीतिक पार्टीहरूका विघटन, ध्रुवीकरण र पुर्नगठनको प्रक्रिया तीव्र भएको, विश्वमा बढ्दो राजनीतिक तनावबाट नेपालको राजनीतिक आर्थिक क्षेत्रमा पर्ने प्रभावले नयाँ समस्या उत्पन्न हुने निष्कर्ष बैठकको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    निर्यात उद्योगका समस्या तत्काल सम्बोधन गर्न प्रधानमन्त्री शाहको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी–व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

    बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

    काठमाडौं — सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाजुराको पर्यटकीय तथा धार्मिक क्षेत्र बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा विस्तार

    Techie IT