आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने
काठमाडौं । आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् ।सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म खुल्ने जनाएको हो ।
मध्यपूर्वमा भएको युद्धका कारण इन्धन संकट बढ्दै गएपछि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।
सरकारले पेट्रोलियम पदार्थ आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको हो । ‘पेट्रोलियम आपूर्तीमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने’, मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ । त्यस्तै, सरकारले गरेको हप्ताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय पनि आजदेखि नै लागू भएको छ । हरेक शनिबार र आइतबार सरकारी कार्यालय तथा शैक्षिक संस्था बन्द रहनेछन् ।
यसैबीच, काठमाडौं महानगरपालिकाले सरकारको सो निर्णय कार्यान्वयन गर्ने सबैलाई निर्देशन दिएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस