आजदेखि काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप सुरु, नेपालले भारतसँग खेल्दै
काठमाडौँ । काठमाडौंमा आजदेखि काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुँदैछ। जेठ १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित किर्गिस्तान, भारत, माल्दिभ्स, इरान, काजकिस्तान, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा भारत, किर्गिस्तान र माल्दिभ्स रहेका छन्।
नेपालले आफ्नो पहिलो खेल आज भारतविरुद्ध खेल्नेछ। खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ। त्यस्तै, दोस्रो खेलमा किर्गिस्तान र माल्दिभ्सबीच साँझ ६ बजे प्रतिस्पर्धा हुने तालिका छ।
नेपालले दोस्रो खेल जेठ ९ गते किर्गिस्तानसँग तथा तेस्रो खेल जेठ १० गते माल्दिभ्ससँग खेल्नेछ।
प्रतियोगिताका लागि निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय महिला भलिबल टोली घोषणा गरिएको छ। टोलीमा निरुता ठगुन्ना, उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन्।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस