Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठराजनीतिअस्ट्रेलियासँग उच्च शिक्षा साझेदारी विस्तार गर्न नेपाल सकारात्मक : मन्त्री पोखरेल

    अस्ट्रेलियासँग उच्च शिक्षा साझेदारी विस्तार गर्न नेपाल सकारात्मक : मन्त्री पोखरेल


    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्ध, शिक्षा क्षेत्रको सहकार्य तथा विकास साझेदारीलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।भेटका क्रममा विशेषगरी उच्च शिक्षामा अन्तरदेशीय शिक्षा व्यवस्थापन तथा दुई देशबीच शैक्षिक सहकार्य विस्तार गर्ने सम्भावनाबारे कुराकानी भएको थियो ।

    मन्त्री पोखरेलले अस्ट्रेलियाका गुणस्तरीय उच्च शिक्षा कार्यक्रमसँग सहकार्य र साझेदारीका लागि नेपाल सकारात्मक रहेको उल्लेख गर्दै आवश्यक कानुनी व्यवस्था तथा नीतिगत सुधारका लागि पहल गरिने विश्वास व्यक्त गरे । उनले विश्वस्तरीय शिक्षा नेपालमै उपलब्ध गराउने लक्ष्यसहित शिक्षा क्षेत्रमा सुधार आवश्यक रहेको बताए ।त्यस्तै, विद्यालय शिक्षा सुधारका लागि अन्य विकास साझेदारहरूसँग जस्तै अस्ट्रेलियासँग पनि सहकार्य गर्न मन्त्रालय इच्छुक रहेको मन्त्री पोखरेलको भनाइ थियो ।

    राजदूत अन्स्र्टले उच्च शिक्षामा अन्तरदेशीय शिक्षा व्यवस्थापनप्रति चासो व्यक्त गर्दै अस्ट्रेलियाका उत्कृष्ट शैक्षिक कार्यक्रमहरूमा साझेदारी गर्न इच्छुक रहेको बताएका थिए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    निर्यात उद्योगका समस्या तत्काल सम्बोधन गर्न प्रधानमन्त्री शाहको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी–व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

    बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

    काठमाडौं — सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाजुराको पर्यटकीय तथा धार्मिक क्षेत्र बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा विस्तार

    भदौ २३–२४ को घटनाबारे गम्भीर समीक्षा गर्न प्रचण्डको आग्रह, वाम…

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको राजनीतिक घटनाक्रमले नेपालको राजनीतिक नेतृत्व, सुरक्षा संयन्त्र र

    Techie IT