Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारअविरल वर्षा र पहिरोले देशभरका प्रमुख राजमार्ग अवरुद्ध, यात्रा अघि सडकको अवस्था बुझ्न आग्रह

    अविरल वर्षा र पहिरोले देशभरका प्रमुख राजमार्ग अवरुद्ध, यात्रा अघि सडकको अवस्था बुझ्न आग्रह


    काठमाडौं । देशभर जारी अविरल वर्षा र पहिरोका कारण विभिन्न प्रमुख राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्। बाढी र पहिरोले यातायात सेवा प्रभावित बनेपछि सुरक्षा निकायले यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

    प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै राति ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडक दिउँसो भने सञ्चालनमा रहनेछ। यस्तै, मकवानपुरस्थित कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

    इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा सडक हिलाम्मे भएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यहाँ वैकल्पिक मार्गबाट सवारी सञ्चालनको व्यवस्था गरिएको छ।

    सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र वडा नं. २ कोदारीस्थित इकु पहिरो क्षेत्रमा माथिबाट लेदो, माटो र पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।

    त्यसैगरी, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारमा तामाकोशी खोलाको कटानका कारण लामासाघु–रामेछाप सडक अवरुद्ध भए पनि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको परिसरबाट वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ।

    रोल्पाको परिवर्तन गाउँपालिका–१ खोलावाङमा सुख्खा पहिरो खस्दा घोराही–थवाङ शहीद राजमार्ग बन्द भएको छ। यस्तै, मुगुको छायानाथ रारा नगरपालिका–७ पिना खोलामा पहिरो र ढुङ्गा खस्दा नाग्म–गमगडी सडक खण्ड अवरुद्ध भएको छ।

    रसुवाको गोसाइँकुण्ड गाउँपालिका–३ कुलुङमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग बन्द भएको छ भने लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ म्याग्दे भिरमा पहिरो झरेपछि बेसीशहर–च्यामे (मनाङ) सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

    सडक विभाग र सुरक्षा निकायले अवरुद्ध सडक खुलाउने काम जारी रहेको जनाएका छन्। वर्षायाममा पहिरो र बाढीको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    Techie IT