Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठमुग्लान विशेषअक्टोबरमा एक लाख २८ हजार पर्यटक भित्रिए

    अक्टोबरमा एक लाख २८ हजार पर्यटक भित्रिए


    काठमाडौं।यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्।यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ।नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियाना छ हजार ८१४, अमेरिका १६ हजार ४०७, मध्यपूर्व तीन हजार ५४८, अफ्रिका ४४३ र अन्य देशबाट आठ हजार ४४४ पर्यटक नेपाल आएका छन्।

    बोर्डका अनुसार, गत जनवरीदेखि अक्टोबरसम्म कूल नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल आएका छन्।अक्टोबरमा भारतबाट १७ हजार, २९८ पर्यटक नेपाल आएका थिए । यसैगरी अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट आठ हजार ७१८, चीनबाट छ हजार ७५५, जर्मनीबाट छ हजार ३६६, अष्ट्रेलियाबाट छ हजार १७७ जना नेपाल भ्रमणमा आएका थिए।

    यसैगरी, श्रीलंकाबाट पाँच हजार ५३५, फ्रान्सबाट पाँच हजार ४५, बङ्गलादेशबाट चार हजार ६४१ र म्यानमारबाट तीन हजार ३८ पर्यटक नेपाल भ्रमणमा आएका थिए।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    Techie IT