नेप्सेसँगै काराेबार रकम घट्याे
काठमाडौँ । नेप्सेमा सामान्य गिरावट देखिएको छ । सोमबार नेप्से ४.२८ अंकले घटेर २६४५. २४ विन्दुमा पुगेर रोकिएको छ । आज कारोबार रकम दुई अर्ब ३६ करोड रुपैयाँले घट्दा चार अर्ब ७१ करोड ६३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
आज विकास बैंक, फाइनान्स, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज १ सय २६ वटा कम्पनीकाे शेयर घटेकाेमा १ सय २४ वटाकाे बढेकाे छ । यस्तै ८ वटा कम्पनीकाे शेयर घटबढ भएकाे छैन ।
आज निफ्रा ग्रीन इनर्जी डिबेन्चर सबैभन्दा धेरै साढे ९ प्रतिशतले घटेको छ । बजार सामान्य घटेको दिन सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी युनाइटेड मोदीको २७ करोड १० लाख कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्सको १५ करोड ३८ लाखको कारोबार भएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस