Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १२ मंगलवार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रआजको मुद्रा विनिमय दरको अबस्था कस्तो छ ?

    आजको मुद्रा विनिमय दरको अबस्था कस्तो छ ?


    काठमाडौं।नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६३ रुपैयाँ २६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ १४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ९४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४२ पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २३ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २० पैसा र बिक्रीदर १०० रुपैयाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ९० पैसा र बिक्रीदर १०८ रुपैयाँ ३६ पैसा तोकिएको छ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १९ रुपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६४ पैसा कायम भएको छ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २८ पैसा र बिक्रीदर चार रुपैयाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ १८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७४ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४ रुपैयाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७६ पैसा र बिक्रीदर २१ रुपैयाँ ८६ पैसा तोकिएको छ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८ रुपैयाँ १२ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ३५ पैसा, बहराइन दिनार एकको खरिददर ३७२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ६३ पैसा , ओमनी रियाल एकको खरिददर ३६४ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ८३ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नेप्सेमा ३३.२८ अंकको गिरावट, सबै उपसूचक ओरालो लाग्दा ६ अर्बभन्दा…

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा बन्द भएको छ।

    व्यवसायमैत्री कर नीतिका लागि उद्योग व्यवसायीको जोड

    ललितपुर/ ८ श्रावण,  ललितपुर उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा धारणा राख्ने उद्योग व्यवसायीहरुले व्यवसायमैत्री कर नीतिका लागि तीनै तहका

    नेप्सेमा ७.९० अंकको सुधार, कारोबार ६ अर्ब २६ करोडमाथि

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज शुक्रबार ७.९० अंकले बढेर २,७३४.६३ विन्दुमा पुगेको छ। आज ३५३ वटा कम्पनीका

    सुन तोलामा ५ हजार ८ सय र चाँदी १५५ रुपैयाँले…

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल

    उद्योग वाणिज्य महासंघमा वस्तुगत परिषद् गठन, निजी क्षेत्रको आवाज सशक्त…

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गत विभिन्न वस्तुगत संघ–संस्थाको प्रतिनिधित्व रहने वस्तुगत परिषद् गठन गरिएको छ। परिषद् गठनसँगै

    कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल आइपुग्यो, नेपालतर्फ…

    काठमाडौं । नेपालका कृषकलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यले भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल बोकेको

    Techie IT