नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड सङ्घर्ष समितिको प्रदर्शन
काठमाडौं । सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आइतबार काठमाडौंको न्यूरोड क्षेत्रमा विरोध प्रदर्शन गरेको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत् सुनमा लगाइएको २ प्रतिशत विलासिताको कर र हिरा जुवाहरत र पत्थरको १३ प्रतिशत कर खारेज गर्न माग गर्दै आइतबार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।उनीहरुले आइतबार विहान विभिन्न प्लेकार्ड र कालो व्यानर बोकेर न्यूरोड गेटदेखि बसन्तपुर डबलीसम्म र्यालीसहित प्रदर्शन गरेका हुन् ।
सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यले २०८२÷८३ को बजेटमा व्यवस्था भएका कतिपय प्रावधानले सुनचाँदी व्यवसायीलाई प्रभावित बनाएको बताए । उनले सुनका गरगहनामा लगाइएको विलासिता कर खारेजी तथा पत्थरहरुमा १३ प्रतिशत कर लगाएको भन्दै यसलाई खारेज गर्नुपर्ने बताए ।
व्यवसायिकलाई आवश्यक ऐनको धेरै वर्षदेखि माग गर्दा पनि सुनुवाई नभएपछि सरकारलाई ध्यानाकर्षण गराइएको हो । सम्बन्धित निकायले सुनुवाइ गरेन् । सँधै आश्वासन मात्र दिने काम भयो । हाल आएको प्रावधानबाट व्यवसाय गर्न सकिँदैन । देशभरिका व्यवसायी मिलेर अझै सशक्त ढंगमा अगाडि बढ्ने सल्लाह भइरहेको छ ।’
उनीहरुले उपभोक्ता कर्मचारी र कालिगढ तथा व्यवसायीमैत्री ऐन जारी गर्न पनि माग गरेका छन् ।
दुवै व्यवस्था फिर्ता हुनुपर्ने माग उनीहरूको छ
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ६ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ७ नेपालमा आज १ हजार २५० मेट्रिक टन डीएपी मल भित्रिँदै, थप आपूर्ति क्रमशः आउने

तपाईको प्रतिक्रिया दिनुहोस