Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारआजपामा गोलबन्द्हुदै सुकुम्बासीहरु, लालपुर्जा, खानेपानी, विजुली दिलाएरै छाडिने : प्रभु साह

    आजपामा गोलबन्द्हुदै सुकुम्बासीहरु, लालपुर्जा, खानेपानी, विजुली दिलाएरै छाडिने : प्रभु साह


    काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सुकुम्बासीलाई खानेपानी रोकेकोमा आपती जनाएका छन् । उनले दुई तिहाईको शक्तिशाली सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीसंग सुकुम्बासीलाई खानेपानी किन रोकेको भन्दै प्रश्न समेत गरेका छन् ।

    बुधबार काठमाडौंको गैरीगाउँमा आम अव्यवस्थित बसोबास एवं सुकुम्बासी संघको विशेष बैठकलाई सम्बोधन गर्दै भूमीहीन सुकुम्बासीहरुलाई अतिआवश्यक लालपुर्जा, खानेपानी, बिजुली सहितका सेवासुविधा दिलाएरै छाडने बताए । त्यसकालागि जस्तोसुकै संघर्षका कार्यक्रम समेत गर्नबाट आफूहरु पछि नहटने उनले बताए ।

    ‘मुलुक अहिले संकटमा छ । श्रमजीवि, उत्पीडित अधिकार विहिन सहितका बर्गहरु एकजुट भएर मुलुकलाई जोगाउँनुपर्ने जिम्मेवारी हाम्रो काँधमा छ । सुकुम्बासी बस्तीमा शुद्ध खानेपानी नदिनु सरकारले मानवता विरुद्धको अपराध गर्दैछ । सुकुम्बासीसंग कर लिने, मत लिने तर खाने पानी नदिने, बिजुलीबती नदिएर सरकारले मानवता विरुद्धको अपराध गदैछ,’ आजपा अध्यक्ष साहले भने, ‘बालुवाटार, ललिता निवास, पतञ्जलीको जग्गा आफ्नो नाममा गराउँने, बेचेर खाने तर सुकुम्बासीलाई जग्गा नदिने सरकारका बिरुद्धमा एकजुट भएर निर्णायक आन्दोलनमा जानका लागि जुटौं ।’

    यस्तै उनले सुकुम्बासीबस्तीमा शुद्ध खानेपानी नभउको बताउदै खानेपानीको व्यवस्थापन कहिले हुने भन्दै प्रधानमन्त्री ओलीसंग प्रश्न गरेका छन् । ‘अहिले दुई तिहाइको शक्तिशाली सरकार छ । प्रधानमन्त्री केपी शर्मा ओलीजी सरकारको नेतृत्व गर्दैहुनुहन्छ । तर यस्तो शक्तिशाली सरकारले सुकुम्बासीबस्तीमा खानेपानी किन रोक्नपर्यो ?’

    काम नगर्ने क्षेत्राधिकार बिहिन भुमी आयोगको काम नभएको बताउदै उनले आयोग कार्यकर्ता पालने र जनता झुक्याउने मेलो बनेको टिप्पणी समेत उनले गरे । सरकारले पटक–पटक आयोग बनाउने तर सुकुम्बासीको समस्या समाधान नगरी आफ्ना कार्यकर्ता भर्ना गर्ने र राज्यको ढुकुटी सिध्याउने काम मात्रै गरेको उनले बताए । वास्तविक सुकुम्बासीलाई यथासिघ्र लालपुर्जा, बिजुली, खानेपानी लगायतका सेवासुविधा दिन उनले सरकारसंग आग्रह समेत गरे । आफूहरुको माग सुनुवाई नभए कडाभन्दा कडा आन्दोलनका लागि तयार रहन समेत उनले आह्वान गरे ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    Techie IT