Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १० आईतवार

    अपडेट
    गृहपृष्ठराष्ट्रियसशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन 

    सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन 


    काठमाण्डौं/ ३१ भदौ ,सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा संचालित सि.सं. १६ (ख) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन भएको छ ।
    सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सोही शिक्षालयमा भाद्र ३१ गते एक कार्यक्रमका बीच उक्त तालिमकोे समापन गर्नुभएको हो ।
    महानिरीक्षक अर्यालले तालिमका सर्वप्रथम र कवाजमा उत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक निरीक्षक रविन सार्कीलाई खुकुरी प्रदान तथा शारिरीक सहिष्णुतातर्फ उत्कृष्ट सशस्त्र प्रहरी सहायक निरीक्षक भिष्म परियार र चाँदमारीतर्फ उत्कृष्ट सशस्त्र प्रहरी सहायक निरीक्षक सञ्जिव पटेललाई पुरस्कार प्रदान गर्नुभयो ।
    उहाँले राष्ट्रको सेवा, सुरक्षार्थ दृढ संकल्पित भई आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी दीक्षित भएका सशस्त्र प्रहरी सहायक निरीक्षकहरुलाई हार्दिक बधाई दिनुकासाथै आफ्ना सन्ततीहरुलाई सशस्त्र प्रहरी बल नेपालको सदस्यका रुपमा संगठनमा आवद्ध गराई राष्ट्र र जनताको सेवामा समर्पित रहन उत्प्रेरणा प्रदान गर्नुहुने अभिभावकहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।
    महानिरीक्षक अर्यालले जुनसुकै परिस्थितिमा र जिम्मेवारीमा पनि निसर्त रुपमा कार्य सम्पादन गर्नु एउटा सच्चा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीको कर्तव्य रहेको बताउनुहुँदै जुनसुकै परिस्थितिमा पनि अविचलित भई कार्य सम्पादन गर्न र राष्ट्र तथा राष्ट्रवासीको सेवा सुरक्षामा निस्वार्थभावले उच्च मनोवलकासाथ कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभयो ।
    उहाँले व्यवसायिक मूल्य मान्यता तथा कानूनको सीमा भित्र रहि निर्भिकताकासाथ राष्ट्रको बृहत्तर हित र जनताको अधिकतम सन्तुष्टिलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुहँुदै व्यक्तिगत स्वार्थ भन्दा माथी उठी आफ्नो पदिय जिम्मेवारीलाई उच्च नैतिकता र व्यवसायिकताकासाथ निर्वाह गर्न समेत निर्देशन     दिनुभयो ।
    महानिरीक्षक अर्यालले राज्यले संगठनलाई दिएको कार्यादेशहरुलाई  BIRD -Border Security, Internal Security, Revenue Support and Disaster Management_  अवधारणा अनुरुप प्राथमिकिकरण गरी कार्य विशिष्टिकरण गर्दै आईरहेको उल्लेख गर्नुहुँदै कार्यक्षेत्रमा राज्य र जनताले अपेक्षा गरे अनुरुप राष्ट्रको सर्वोपरी हितमा केन्द्रित रहेर कार्यसम्पादन गर्नुपर्ने समेत बताउनुभयो ।
    राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गरीले धन्यवादको क्रममा दीक्षीत हुनुभएका अधिकृतहरुले कार्यक्षेत्रमा संगठनले अपेक्षा गरे अनुरुप उत्कृष्ट तवरमा कार्य सम्पादन गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
    गत साल भदौ १२ गतेबाट संचालन भएको उक्त तालिम ६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षकहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् ।
    कार्यक्रममा नेपाली सेना पश्चिम पृतनाका पृतनापति, अवकास प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालयका बाहिनीपति, राष्ट्रिय अनुसन्धान विभाग गण्डकी प्रदेश कार्यालयका अनुसन्धान निर्देशक, सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयका समादेशक, स्थानिय जनप्रतिनिधिहरु, नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत लगायत सशस्त्र प्रहरी कर्मचारीहरु एवं दीक्षित अधिकृतहरुका अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, सँगै रहेकी महिला फरार

    हेटौँडा, मकवानपुर — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक

    काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब ३० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ

    अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा…

    काठमाडौँ ।  लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण

    सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन

    काठमाडौं । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित काठमाडौँको माइतीघर मण्डलामा

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने धार्मिक

    Techie IT