भानुभक्तको मार्ग आत्मसात गर्दै नेपाली भाषा–साहित्यको संरक्षण गर्न सभामुख अर्यालको आह्वान
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरणमा सीमित नराखी उहाँले देखाएको मार्गलाई आत्मसात गर्दै नेपाली भाषा र साहित्यको संरक्षण तथा विकासमा जुट्नुपर्ने बताएका छन्।
सोमबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित २१३औँ भानु जयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले भानुभक्तको योगदान नेपाली समाज, भाषा र संस्कृतिका लागि ऐतिहासिक रहेको उल्लेख गरे।
उनले भानु जयन्ती केवल सम्झनाको दिन नभई भानुभक्तका आदर्शलाई व्यवहारमा उतार्ने अवसर भएको बताए। आधुनिक प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा र बदलिँदो सामाजिक परिवेशका बीच पनि आफ्नो भाषा, संस्कृति र साहित्यको संरक्षण गर्नु सबैको साझा दायित्व भएको उनको भनाइ थियो।
सभामुख अर्यालले भानुभक्तले देखाएको सरलता, स्पष्टता र जनतासँगको निकटताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै युवा पुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्न आवश्यक रहेको बताए। उनले सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै भानुभक्तका आदर्शलाई समयअनुकूल ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिए।
उनका अनुसार भानुभक्त आचार्यको लेखनले नेपाली भाषालाई घर–घरमा पुर्याउनुका साथै जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ। नेपाली भाषाले नेपालको सांस्कृतिक एकतालाई सुदृढ बनाउनुका साथै विदेशमा रहेका नेपालीलाई समेत भावनात्मक रूपमा जोड्ने माध्यम बनेको उनले बताए।
सभामुख अर्यालले भाषा केवल सञ्चारको साधन मात्र नभई राष्ट्रको पहिचान, संस्कृति र इतिहाससँग जोडिएको महत्वपूर्ण आधार भएकाले यसको संरक्षण र प्रवर्द्धनका लागि राज्य, साहित्यकार, शैक्षिक संस्था तथा नयाँ पुस्ताको संयुक्त प्रयास आवश्यक रहेको बताए।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ राष्ट्रिय सभाका तीन समितिको आज बैठक, ऐन कार्यान्वयनदेखि राष्ट्रिय महिला आयोगको प्रतिवेदनसम्म छलफल
- ५ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ६ साउनको पहिलो सोमबार : देशभर भगवान् शिवको विशेष पूजा–आराधना
- ७ विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस