Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १२ मंगलवार

    अपडेट
    गृहपृष्ठशिक्षामिर्चैयाको स्थानीय पाठ्यक्रममा गम्भीर त्रुटि ! कक्षा ५ को ‘मिर्चैया नगरको परिचय’मै तेन्जिङ–हिलारीको पाठ

    मिर्चैयाको स्थानीय पाठ्यक्रममा गम्भीर त्रुटि ! कक्षा ५ को ‘मिर्चैया नगरको परिचय’मै तेन्जिङ–हिलारीको पाठ


    सिरहा । मिर्चैया नगरपालिकाद्वारा लागू गरिएको स्थानीय पाठ्यक्रम ‘हमर (हाम्रो) मिर्चैया’ मा गम्भीर त्रुटि भेटिएको छ । कक्षा ५ को पाठ्यक्रमको पहिलो एकाइमै स्थानीय विषयवस्तुसँग असम्बन्धित पाठ समावेश गरिएको पाइएको हो । स्थानीय पाठ्यक्रमअन्तर्गत ‘मिर्चैया नगरको परिचय’ शीर्षकको पहिलो एकाइको ‘विषयवस्तु’ कोलममा पाँचौँ पाठका रूपमा “तेन्जिङ नोर्गे र एडमन्ड हिलारीको योगदान” शीर्षक राखिएको भेटिएको छ । ‘मिर्चैया नगरको परिचय’ खण्डमा विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणसँग सम्बन्धित व्यक्तित्वको पाठ समावेश गरिनुले पाठ्यक्रम निर्माण प्रक्रियामै प्रश्न उठाएको छ । स्थानीय पाठ्यक्रमको मूल उद्देश्य स्थानीय इतिहास, संस्कृति, भाषा, भूगोल, कृषि, पेशा, परम्परा तथा समुदायबारे विद्यार्थीलाई जानकारी गराउनु हो ।

    तर, मिर्चैया नगरपालिकाको परिचयसम्बन्धी अध्यायमै तेन्जिङ नोर्गे र एडमन्ड हिलारीको प्रसंग राखिनुले पाठ्यक्रम निर्माणमा लापरबाही भएको आशंका गरिएको छ । कक्षा ५ को एकाइ एकको पहिलो पाठका रूपमा ‘नगरपालिकाको भौगोलिक (फाँट, पाखा, पहाड)’, दोस्रो पाठका रूपमा ‘वडाको सिमाना छुट्याउने गरी नगरपालिकाको नक्सा तयार गर्ने अभ्यास’, तेस्रो पाठका रूपमा ‘प्राकृतिक सम्पदाहरूको संरक्षणका उपायहरू’, चौथो पाठका रूपमा ‘नगरपालिकाले प्रदान गर्ने सेवाहरू’ रहेका छन् भने पाँचौँ पाठका रूपमा ‘तेन्जिङ नोर्गे र एडमन्ड हिलारीको योगदान’ रहेको छ । शिक्षा क्षेत्रका जानकारहरूका अनुसार यस्तो त्रुटिले स्थानीय पाठ्यक्रमको विश्वसनीयतामाथि प्रश्न उठाउने मात्र होइन, विद्यार्थीमा भ्रमसमेत सिर्जना गर्न सक्छ ।

    “स्थानीय पाठ्यक्रम भनेको स्थानीय सन्दर्भ, पहिचान र मौलिकतासँग जोडिनुपर्छ,” एक शिक्षा सरोकारवालाले भने, “मिर्चैयाको परिचय अध्यायमा सगरमाथा आरोहणको पाठ राखिनु सामान्य त्रुटि होइन ।” यस विषयमा प्रतिक्रिया लिन नगर शिक्षा समितिका अध्यक्षसमेत रहेका नगर प्रम्ख र नगरपालिकाका शिक्षा शाखाका कर्मचारीहरूसँग सम्पर्क गर्न खोजिए पनि फोन सम्पर्क हुन सकेन । नगरपालिकाको आधिकारिक धारणा आउन बाँकी रहेको छ । स्थानीय अभिभावक तथा शिक्षा सरोकारवालाहरूले पाठ्यक्रम तत्काल पुनरावलोकन गरी यस्ता त्रुटि सच्याउन माग गरेका छन् । उनीहरूले स्थानीय पाठ्यक्रम निर्माणजस्तो संवेदनशील विषयमा विशेषज्ञता, अध्ययन र जिम्मेवारी आवश्यक पर्ने बताएका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सगरमाथा आरोही महर्जनको संयोजकत्वमा पाटन क्याम्पसमा मानवशास्त्र विद्यार्थी सञ्जाल गठन

    ललितपुर / ९ साउन, पाटन संयुक्त क्याम्पसको मानवशास्त्र विभागका पूर्वविद्यार्थी एवम् अध्ययनरत विद्यार्थीहरूको संग्लग्नतामा विद्यार्थी सञ्जाल गठन गरिएको छ। साउन

    ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार…

    काठमाडौं। निजी विद्यालयका चार प्रमुख संगठनले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत प्रस्ताव गरिएको ३ प्रतिशत समता शिक्षा सेवा शुल्क खारेज

    गुणस्तरीय शिक्षा र युवाको सक्रिय भूमिकामा सरकार प्रतिबद्ध : मन्त्री…

    काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन्।

    परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको

    काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान

    काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न

    अध्ययन बिदा दुरुपयोग गर्ने त्रिविका ४१ प्राध्यापकबाट १० करोड ४६…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन कायम गर्ने सरकारी अभियानले

    Techie IT