Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २७ बुधबार

    अपडेट
    गृहपृष्ठराजनीतिथापाथलीसहित तीन बस्ती हटाइँदा १४४ परिवार सम्पर्कमा, अस्थायी बसोबासको व्यवस्था

    थापाथलीसहित तीन बस्ती हटाइँदा १४४ परिवार सम्पर्कमा, अस्थायी बसोबासको व्यवस्था


    काठमाडौँ । थापाथलीसहित तीन क्षेत्रमा १४४ परिवार सम्पर्कमा, अस्थायी बसोबासको व्यवस्था

    थापाथली, गैरीगाउँ र शान्तिनगरका नदीकिनार बस्तीबाट विस्थापित १४४ परिवार सरकारको सम्पर्कमा आएका छन्। शनिबार बस्ती खाली गराइएपछि बसोबासको समस्या परेका उनीहरूले आफ्नो विवरण सरकारमा दर्ता गराएका हुन्।

    सरकारका अनुसार उद्धार गरिएका परिवारहरूलाई सुरुमा दशरथ रंगशालामा राखी विवरण संकलन गरिएको थियो। त्यसपछि उनीहरूलाई अस्थायी रूपमा काठमाडौंका विभिन्न होटलहरूमा बसोबासको व्यवस्था मिलाइएको छ।

    घरायसी सामानहरू भने रंगशाला र कीर्तिपुरस्थित सुन्दरीघाटको राधास्वामी सत्संग ब्यास नेपालमा छुट्टाछुट्टै स्थानमा सुरक्षित रूपमा भण्डारण गरिएको छ।

    सरकारले काठमाडौं महानगरपालिका–९ को गैरीगाउँ, वडा नं. ३१ को शान्तिनगर र वडा नं. ११ को थापाथलीस्थित नदीकिनार तथा जोखिमपूर्ण सार्वजनिक जग्गामा रहेका बस्ती हटाउने कार्यलाई निरन्तरता दिएको छ। थापाथलीको बस्ती शनिबार बिहान शान्तिपूर्ण रूपमा खाली गराइएको थियो, जसमा नेपाल प्रहरी र महानगर प्रहरी बलले स्थानीयको सामान सार्न सहयोग गरेका थिए।

    यता, कागेश्वरी मनोहरा नगरपालिका–८ को गोठाटार बुद्धचोक र वडा नं. ९ को मनोहरा टोलमा रहेका बस्ती हटाउने क्रममा शनिबार साँझ झडप भएको छ। ती बस्तीहरू आज खाली गरिने जनाइएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    वालेन सरकारको सुशासनको धज्जी उडाउदै मन्त्री प्रतिभा रावल

    रौतहट, २७ जेठ । विकास निर्माणका कार्यलाई तिब्रता दिनुपर्ने समयमा प्रमुख प्रशासकीय अधिकृत बेपता भएका छन् । रौतहटको मौलापुर नगरपालिकाका

    एमसीसीअन्तर्गत २९७ किमि प्रसारण लाइन र तीन सबस्टेशन निर्माण सुरु,…

    काठमाडौँ । मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसीए) नेपाल विकास समितिले अमेरिकी सहयोग परियोजना एमसीसीअन्तर्गत रातमाटे, नयाँ दमौली र नयाँ बुटवल क्षेत्रलाई

    रास्वपा दैलेखमा निर्वाचन विवाद : २४० मत खसेको दाबी, गणनामा…

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएसँगै मतगणना प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ। मतदान

    प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि छलफल सुरु हुने; विनियोजन र…

    काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा आर्थिक

    आज देशका अधिकांश क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही…

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक

    धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना…

    धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा

    Techie IT