अफगानिस्तान–पाकिस्तानलाई संयमता अपनाउन चीनको आग्रह
काठमाडौं । चीनले अफगानिस्तान र पाकिस्तानलाई शान्त रहन संयमता अपनाउन आग्रह गरेको छ ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मंगलबार यी दुवै देशलाई संयमता अपनाउँदै जति सक्दो छिटो वार्ताका माध्यमबाट युद्धविराम गर्न आह्वान पनि गरेका छन् ।
अफगानिस्तान र पाकिस्तान छिमेकी भएका र एकअर्काबाट टाढा रहन नसकिने उल्लेख गर्दै लिनले उनीहरूको समस्या समाधानका लागि संवाद र परामर्श एक मात्र प्रभावकारी उपाय भएको उल्लेख गरेका छन् ।चीनले तनाव कम गर्न र अफगानिस्तान–पाकिस्तानबीचको सम्बन्ध सुधार गर्न रचनात्मक भूमिका खेल्न आफु तयार रहेको चीनले बताएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आईसीसी विश्वकप लिग–२ आजदेखि, पहिलो खेलमा नेपाल र नामिबियाको प्रतिस्पर्धा
- २ तयारी पोसाक उद्योग प्रवर्द्धनमा सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन प्रक्रिया अघि बढाइने
- ३ सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकारहरु माइतीघरमा प्रदर्शन
- ४ कीर्तिपुरमा चलिरहेको निजी कारमा आगलागी, चालक मृत फेला
- ५ देशभर मनसुन सक्रिय : आज पनि धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
- ६ दैनिक इन्धन मूल्य प्रणालीको विरोधमा पाकिस्तानभर पेट्रोल पम्प बन्द गर्ने घोषणा
- ७ निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने

तपाईको प्रतिक्रिया दिनुहोस