Techie IT
  • The Film Nepal
  • २०८३ असार १९ शुक्रबार

    अपडेट
    गृहपृष्ठराजनीतिगुणस्तरीय शिक्षा र युवाको सक्रिय भूमिकामा सरकार प्रतिबद्ध : मन्त्री सस्मित पोखरेल

    गुणस्तरीय शिक्षा र युवाको सक्रिय भूमिकामा सरकार प्रतिबद्ध : मन्त्री सस्मित पोखरेल


    काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन्।

    काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय को ३१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले समृद्ध र समुन्नत समाज निर्माणका लागि शिक्षित युवाको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गरे।

    उनले सरकारले युवाले कल्पना गरेको समुन्नत समाज निर्माणका लागि निरन्तर प्रयास गरिरहेको भन्दै त्यस अभियानमा युवाको सक्रिय सहभागिता आवश्यक रहेको बताए। “सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको छ। यसका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक छ,” मन्त्री पोखरेलले भने।

    मन्त्री पोखरेलले हालसम्म काठमाडौँ विश्वविद्यालयबाट ५१ हजारभन्दा बढी जनशक्ति उत्पादन भइसकेको उल्लेख गर्दै ती जनशक्तिले राष्ट्र निर्माण र समुन्नत समाज निर्माणमा महत्वपूर्ण योगदान दिनुपर्ने अपेक्षा व्यक्त गरे। उनले विश्वविद्यालयबाट प्राप्त ज्ञान, सीप र अनुभव नेपालमै सदुपयोग गर्दै देश विकासमा लाग्न दीक्षित विद्यार्थीलाई आग्रहसमेत गरे।

    “नेपालमै अवसर पाइन्छ, सरकारले थप अवसर सिर्जना गर्नेछ,” भन्दै उनले विद्यार्थीलाई आत्मविश्वासका साथ देशमै भविष्य निर्माण गर्न प्रेरित गरे। समारोहमा उनले विभिन्न विधामा उपाधि प्राप्त विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र प्रदान गरेका थिए।

    कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिकेश वाग्लेले कृत्रिम बुद्धिमत्ता र अटोमेशनको तीव्र विकाससँगै प्राविधिक दक्षतासँगै नैतिकता, विवेक, सांस्कृतिक चेतना र राष्ट्रप्रतिको जिम्मेवारीलाई पनि समान रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

    समारोहका विशेष अतिथि तथा भारतस्थित डेक्कन कलेज पोस्ट–ग्राजुएट एण्ड रिसर्च इन्स्टिच्युट का कुलपति प्रा. डा. भूपेन्द्र पाटद्र्धनले नेपाल–भारतबीच शिक्षा, अनुसन्धान तथा परम्परागत ज्ञानको आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए। उनले शिक्षालाई आत्मविश्वास, नैतिकता र जिम्मेवारीसहित समाजको हितमा प्रयोग गर्न विद्यार्थीलाई आग्रह गरे।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको

    काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान

    काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न

    अध्ययन बिदा दुरुपयोग गर्ने त्रिविका ४१ प्राध्यापकबाट १० करोड ४६…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन कायम गर्ने सरकारी अभियानले

    स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न

    ललितपुर, १२ जेठ,स्ट्रक्चरल इन्जिनियर्सहरुकाे लागि ललितपुरमा सञ्चालन भएको ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न भएको छ। स्ट्रक्चरल इन्जिनियर्स एशोसिएशन

    सामुदायिक विद्यालयमा आवश्यकता अनुसार लगानी गरिने, देशभर पूर्वाधार अध्ययन सुरु…

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि तथा खेलकुदमन्त्री सस्मित पोखरेल ले सामुदायिक विद्यालयमा भइरहेको लगानीलाई व्यवस्थित र वैज्ञानिक बनाउन देशभरका

    असार १ गतेदेखि कक्षा ११ को पढाइ सुरु हुने, मन्त्रालयको…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु गर्ने निर्णय गरेको छ ।

    Techie IT