Techie IT
  • The Film Nepal
  • २०८३ असार १८ बिहीबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियनेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय -राष्ट्रपति पाैडेल

    नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय -राष्ट्रपति पाैडेल


    काठमाडौँ/ ९ असाेज, राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय रहेको बताउनुभएको छ ।

    राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०५ औँ जन्मजयन्तीमा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानद्धारा राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उक्त विचार व्यक्त गर्नुभएको हो ।

    “राष्ट्रकवि घिमिरेका साहित्यिक सृजना हाम्रै पाखा पखेराका नेपाली जनजीवनका भोगाई, प्रकृति, संस्कृति र मानवीय संवेदनामात्र होइन राष्ट्रिय भावनाले ओतप्रोत भएको पाईन्छ, यसले भाषा, साहित्य मात्र नभएर समग्र वाङमयको क्षेत्रलाई समृद्ध बनाउन र हाम्रो राष्ट्रिय स्वाभिमानको भावना अभिवृद्धि गर्न योगदान दिएको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
    उहाँले कला, भाषा, साहित्य र संस्कृति सभ्य तथा सुसंस्कृत समाजको परिचायक भएको धारणा व्यक्त गर्नुभयो ।

    “यसैका माध्यमबाट एउटा समृद्ध समाज निर्माण मात्र होइन आपसमा भाइचारा, मेलमिलाप र राष्ट्रिय एकताको भावना जागृत गरी यसलाई सुदृढ र सबल बनाउन योगदान पुग्दछ भन्ने मलाई लाग्दछ, त्यसैले, राज्यले मात्र होइन जनस्तर र वाङमयप्रेमीहरूले स्रस्टाहरूको सम्मानमा कञ्जुस्याई गर्न हुँदैन,” उहाँले भन्नुभयो ।

    उहाँले भाषिक तथा सांस्कृतिक बहुलता एवम् भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव, पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृति भएको बताउनुभयो । “यीनको संरक्षण, संवर्धन र विकास गर्नु हामी सबैको कर्तव्य हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

    मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले लमजुङको भाषा, कला, साहित्य, संस्कृति, शिक्षासहित मुलुकको वाङ्मयकै विकासको लागि देखाएको क्रियाशीलता र जागरुकता अनुकरणीय भएको उहाँको भनाइ थियो । राष्ट्रकविको जन्मजिल्ला लमजुङमा उहाँको प्रतिमा बनाएर राष्ट्रकविको विहङ्गम व्यक्तित्व र कृतित्वलाई चिरस्थायी बनाउन भईरहेको प्रयासले छिट्टै सार्थकता पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    सो अवसरमा राष्ट्रपति पौडेलले यस वर्षको राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गर्नुभयो ।

    सो पुरस्कारको राशि एक लाख रुपैयासहित सम्मानपत्र रहेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    काठमाडौँ महानगरको २५ अर्ब ८८ करोडभन्दा बढीको बजेट सर्वसम्मत पारित

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत ‘कार्यक्रम तथा बजेट’, ‘आर्थिक विधेयक’ र ‘विनियोजन विधेयक’ नगर सभाबाट

    नेपाल–अष्ट्रेलिया सहकार्य विस्तारमा जोड, डिजिटल रूपान्तरण र छात्रवृत्ति वृद्धि विषयमा…

    काठमाडौँ|  सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका

    राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनपछि नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले…

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका छन् ।

    रास्वपाको नवनिर्वाचित नेतृत्वको शपथ बुधबार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम बुधबार आयोजना

    हुलाक सेवा आधुनिकीकरण नगरी प्रभावकारी सेवा सम्भव छैन : सञ्चारमन्त्री…

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिकीकरण नगरी प्रभावकारी सेवा प्रवाह सम्भव नहुने बताएका छन्। हुलाक

    अविरल वर्षापछि दार्चुला–बैतडीमा पहिरो, सडक अवरुद्ध

    काठमाडौं । अविरल वर्षापछि दार्चुला–बैतडीमा पहिरो, सडक अवरुद्ध अविरल वर्षापछि दार्चुला र बैतडीका विभिन्न स्थानमा पहिरो खस्दा सडक तथा यातायात

    Techie IT