ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा लफडा भएको छ ।
बागमती प्रदेशका सभापति इन्द्र बानियाँले संयुक्त छलफलपछि निष्कर्ष सुनाउने क्रममा तनाव सिर्जना भएको हो । गगन थापाले प्रस्तुत गरेको प्रतिवेदनको विषयमा चुनावी गठबन्धन गर्ने या नगर्ने भन्ने विषयमा विवाद भएको बताइएको छ ।
बानियाँले गण्डकी र बागमती प्रदेश समूहमा भएको छलफलको निष्कर्ष पेस गर्न सुरु गरेसँगै हलमा महामन्त्री थापा समर्थकले नाराबाजी गरेका छन् ।
बानियाँले गठबन्धनको विषय रणनीतिक मात्रै हुनुपर्ने बताएका थिए । महामन्त्री विश्वप्रकाश शर्माले माहोललाई शान्त बनाउन प्रयास गरे पनि गगनको प्रस्तावअनुसार अघि बढिनुपर्ने भन्दै समर्थकहरूले नाराबाजी गरेका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
- २ अविरल वर्षापछि दार्चुला–बैतडीमा पहिरो, सडक अवरुद्ध
- ३ भेनेजुएलामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, राजधानी कराकासमा त्रास
- ४ रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
- ५ परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो : मन्त्री पोखरेल
- ६ रास्वपाको महाधिवेशनमा मध्यरातदेखि मतदान सुरु, १८ सय मत खस्यो
- ७ बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु

तपाईको प्रतिक्रिया दिनुहोस