Techie IT
  • The Film Nepal
  • २०८३ असार १६ मंगलवार

    अपडेट
    गृहपृष्ठराजनीतिहुलाक सेवा आधुनिकीकरण नगरी प्रभावकारी सेवा सम्भव छैन : सञ्चारमन्त्री तिमिल्सिना

    हुलाक सेवा आधुनिकीकरण नगरी प्रभावकारी सेवा सम्भव छैन : सञ्चारमन्त्री तिमिल्सिना


    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिकीकरण नगरी प्रभावकारी सेवा प्रवाह सम्भव नहुने बताएका छन्।

    हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले सरकारले हुलाकमार्फत सबै प्रकारका कागजात तथा पार्सल समयमै गन्तव्यमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

    उनले हुलाक सेवा विभाग तथा निजी सेवा प्रदायकसँग सहकार्य गर्दै सेवामा देखिएका समस्याको समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको जानकारी दिए।

    मन्त्री तिमिल्सिनाले नागरिकको बदलिँदो सोच, समयको महत्व र अपेक्षाअनुसार डेलिभरी प्रणालीलाई पुनः डिजाइन गरेर सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार हुलाक सेवालाई आधुनिक, सबल र प्रभावकारी बनाउनुका साथै सेवा प्रवाहमा लाग्ने समय घटाउन सके मात्र यसलाई प्रतिस्पर्धी र लोकप्रिय सेवा प्रदायकका रूपमा स्थापित गर्न सकिन्छ।

    उनले परम्परागत ढाँचामा सीमित रहेर हुलाक सेवा दीर्घकालीन रूपमा टिक्न नसक्ने उल्लेख गर्दै समयानुकूल रूपान्तरण अपरिहार्य भएको बताए। साथै, सेवा सुधारका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै व्यावहारिक समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाको नवनिर्वाचित नेतृत्वको शपथ बुधबार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम बुधबार आयोजना

    अविरल वर्षापछि दार्चुला–बैतडीमा पहिरो, सडक अवरुद्ध

    काठमाडौं । अविरल वर्षापछि दार्चुला–बैतडीमा पहिरो, सडक अवरुद्ध अविरल वर्षापछि दार्चुला र बैतडीका विभिन्न स्थानमा पहिरो खस्दा सडक तथा यातायात

    एमाले उपाध्यक्ष विष्णु पौडेल म्याद थपका लागि विशेष अदालतमा उपस्थित

    काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल लाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले

    सांसद थप जिम्मेवार र अध्ययनशील बन्नुपर्छ : सभामुख अर्याल

    काठमाडौँ|  डोलप्रसाद अर्याल ले सांसदका काम, व्यवहार र शैलीलाई जनताले विभिन्न माध्यमबाट निरन्तर नियालिरहेको उल्लेख गर्दै सबै सांसद आफ्नो जिम्मेवारीप्रति

    असार १२ सम्म ११.३३ प्रतिशत मात्रै धान रोपाइँ, मधेशमा सुख्खाले…

    काठमाडौं । यस वर्ष असार १२ गतेसम्म देशभर औसत ११.३३ प्रतिशत धान रोपाइँ भएको सरकारी तथ्यांकले देखाएको छ। कृषि विभाग

    असार १५ आज : राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव…

    काठमाडौँ ।  आज असार १५ अर्थात राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । “मानो

    Techie IT