देउवाको उद्घोष राष्ट्र दोधार र संक्रमणकालमा उभिएको छ
काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले राष्ट्र संक्रमणकालमा उभिएको बताउनु भएको छ ।
बागमती प्रदेश अधिवेशनलाई शनिवार काठमाडौँमा सम्बोधन गर्दै सभापति देउवाले मुलुक दोधारमा र संक्रमणकालमा उभिएको बताउनु भएको हो ।
‘‘अहिले राष्ट्र दोधारमा उभिएको छ, एउटा संक्रमणकालमा छ । अहिले बेला हामी सवैले मिलेर खाँसगरी कांग्रेसले अब नेतृत्व दायी भूमिकामा बसेर काम गर्नु पर्ने अवस्था छ,” सभापति देउवाले भन्नुभयो ।
वर्तमान व्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउने सम्भावना नरहेपनि सबैको साथ सहयोगबाट पार्टीलाई अझै सुदृढ गर्दै पूर्ण रुपमा प्रतिबद्ध गराई बलियो बनाउन लाग्नुपर्नेमा सभापति देउवाको जोड छ ।
सभापति देउवाले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्त्वपूर्ण र सवै भन्दा उत्तम ब्यवस्था भएको उल्लेख गर्दै यो व्यवस्था समावेशितामा आधारित व्यवस्था भएको बताउनु भयो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
- २ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- ३ अविरल वर्षापछि दार्चुला–बैतडीमा पहिरो, सडक अवरुद्ध
- ४ भेनेजुएलामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, राजधानी कराकासमा त्रास
- ५ परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो : मन्त्री पोखरेल
- ६ रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
- ७ रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने

तपाईको प्रतिक्रिया दिनुहोस